डोटी । जिल्ला कारागार डोटीमा रहेका एक नेपाली नागरिकले नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् ।
कैद भुक्तान गरिरहेका के आई सिंह गाउँपालिकाका नाम परिवर्तन (रमेश)ले मंगलबार नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गरेका हुन् ।
उनलाई जिल्ला प्रशासन कार्यालय डोटीले कारागारभित्रै गएर नागरिकताको प्रमाण पत्र प्रदान गरेको प्रशासकीय अधिकृत शन्तोष शर्माले बताए ।
उनले भने, ‘नेपाली नागरिकताको प्रमाण पत्र जुनसुकै नेपालीले पाउनु पर्ने उसको नैसर्गीक अधिकार अन्तर्गत पर्ने भएको हुदाँ नागरिकताको प्रमाणपत्र प्रदान गरेका हौँ ।’
प्रशासकीय अधिकृत शर्माको हस्ताक्षरमा जारी गरिएकोे नेपाली नागरिकताको प्रमाणपत्र पाउन निज नाम परिवर्तित रमेशका काकाले सम्पूर्ण कागजात तयार गरी प्रमाण पत्र उपलब्ध गराएको थियो ।
रमेशलाई नेपाली नागरिकता प्रमाणपत्र उपलव्ध गराएपछि निजकै सनाखतमा रहने गरी उसकी श्रीमतीलेसमेत नेपाली नागरिकताको प्रमाण पत्र लिएको प्रशासकीय अधिकृत शर्माले बताए ।
यो कार्य डोटीको लागि नयाँ र पहिलो हो ।