३१ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्कृष्ट विद्यालयलाई प्रोत्साहन गरिने

अ+ अ-

ओखलढुङ्गा । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट हुने विद्यार्थी र विद्यालयलाई आर्थिक सहयोग गर्ने भएको छ । गाउँपालिका क्षेत्रभित्रबाट बढी नम्बर ल्याएर एसइई पास गर्ने विद्यार्थीलाई उच्च शिक्षाका लागि प्रोेत्साहनस्वरुप रु १० हजार र विद्यालयलाई थप हौसलास्वरुप एक लाख दिने भएको हो ।

शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले उत्कृष्ट विद्यार्थी र विद्यालयलाई नगद सहयोग गर्ने नीति लिएको शिक्षा समितिका सदस्य कमलप्रसाद न्यौपानेले बताए । “गुणस्तरका लागि पालिकाभित्रका विद्यालय–विद्यालय र विद्यार्थी–विद्यार्थीबीचमा प्रतिस्पर्धा भइरहेको छ”, खिजीकातीका वडाध्यक्षसमेत रहनुभएका न्यौपानेले भने, “गतवर्षबाट हामीले छात्रवृत्ति कार्यक्रम ल्याएर उत्कृष्ट हुनेलाई सहयोग गर्दै आएका छौँ ।” कक्षा ८ र एसइईमा बढी अङ्क ल्याउने छात्रछात्रा, उच्च शिक्षा अध्ययन गर्ने जेहेन्दार विद्यार्थी, दलित, अपाङ्ग लगायतलाई गाउँपालिकाले आर्थिक सहयोग गर्दै आएको छ ।

गाउँपालिकाले शैक्षिक विकासलाई प्राथमिकता दिँदै आएको छ । सामुदायिक विद्यालयको शिक्षामा स्थानीयवासीको आकर्षण बढाउन पालिकाको तल्लो तह देखिनै विभिन्न अभ्यास थालिएको वडाध्यक्ष राम सुनुवारको भनाइ छ । “शिक्षाबिनाको विकास कल्पना पनि गर्न सकिन्न त्यसैले गाउँकै स्कुलमा गुणस्तरीय शिक्षा दिन स्थानीय सरकारले भूमिका खेलिरहेको छ”, सुनुवारले भने ।

खिजीदेम्बाले नीतिगत निर्णय गरेर बुहारी छात्रवृत्ति सहितका कार्यक्रम ल्याएको छ । विद्यालय गएर पढ्ने बुहारीलाई छनोट गरेर वार्षिक छात्रवृत्ति दिने गरेको छ ।

बालविवाह न्यूनीकरण सम्बन्धी नाटक

खिजीदेम्बामा बालविवाह न्यूनीकरण गर्न सडक नाटक प्रदर्शन गरिएको छ । लिखुदेम्बा सामुदायिक विकास मञ्चले बढ्दो बालविवाह घटाउने उद्देश्यले सडक नाटक देखाएको हो ।

सभ्य शैलीमा कुरीति विरुद्धको अभियान चलाइएको संस्थाका सचिव कमलकृष्ण घिसिङले बताए । “समय परिवर्तन भयो, प्रविधिको विकासले सबैलाई नयाँ शैलीमा जिउन सिकायो, तर गाउँघरमा जरा गाडेर बसेको कुरीति हटेन”, घिसिङले भने, “यसो गर्नुहुँदैन मात्रै भन्यो भने कसैले नसुन्ने नपत्याउने भएकाले नाटक गरेर देखाएरै बालविवाह गर्नु नहुने रहेछ भनेर बुझाउन खोेजेका हौँ ।” बालविवाह सहितको कुरीति हटाउने सन्देश दिन खिजीदेम्बामा नाट्य समूह नै तयार पारिएको छ । त्यो समूहले सङ्घ संस्थासँगको समन्वयमा गाउँ–गाउँमा पुगेर सडक नाटक देखाउने गरेको छ ।