१५ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल–भारत सीमा क्षेत्रमा उच्च सतर्कता

अ+ अ-

नवलपरासी । पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा शान्ति सुरक्षाको स्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाएको जनाएको छ । सीमा सुरक्षाका साथै हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले उच्च सतर्कता अपनाइएको सशस्त्र प्रहरी बल २६ नं गण बेलासपुर नवलपरासीले जनाएको छ ।

विशेषगरी सशस्त्र प्रहरीले आफ्नो लक्ष्य र उद्देश्यअनुसार काम गर्न सीमा क्षेत्रमा फोर्स मार्च, लामो दूरीको गस्ती(एलआरपी) र क्रस पेट्रोलिङ (दुवै देशका सुरक्षाकर्मीद्वारा संयुक्त सुरक्षागस्ती) गरिँदै आएको गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गाहरधन राईले बताए । विशेषगरी सीमा क्षेत्रमा हुनसक्ने सबै प्रकारका सुरक्षा संवेदनशीलता र जुनसुकै प्रकारको आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सीमा क्षेत्रमा रहेको भारतीय सुरक्षा निकायसँग समन्वय गरी काम गरिँदै आएको कार्यालयले जनाएको छ ।

पश्चिम नवलपरासीमा नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत दक्षिण–पश्चिम पाल्हीनन्दनको सनहीदेखि पूर्वी दक्षिण सुस्ताको पक्लीहवा क्षेत्रसम्म करीब २८ किलोमिटरको भू–भाग छ । नेपाल–भारत सीमा क्षेत्रमा कूल १६ वटा सीमा स्तम्भ रहेका छन् । सनहीबाट ४९७ नं को सीमा स्तम्भ सुई भई पक्लीहवासम्म ५०९ नं को सीमा स्तम्भ रहेका छन् ।

विशेषगरी सीमा क्षेत्रमा भइरहेको बढ्दो चोरी तस्करीलाई र अन्य आपराधिक नियन्त्रण गर्नका लागि सशस्त्र प्रहरी सीमा बल र भारतीय एसएसबीले संयुक्त गस्ती गर्दै आएका छन् । पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीको २६ नं गणसहित सो गणअन्तर्गत सशस्त्र प्रहरीको गुठीप्रसौनी, सुस्ता, हरपुर र सेमरी युनिटसमेत रहेका छन् ।