१२ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुगल हिमाल आरोहणमा गएका तीन जना बेपत्ता !

अ+ अ-

काठमाडौं । जुगल हिमश्रृङ्खला अन्तर्गत ६ हजार १ सय ५१ मिटरको उचाँइमा रहेको ग्यालजेन पिक हिमाल आरोहणमा सहयोग गर्न गएका तीन जना वेपत्ता भएका छन् ।

हिमाल आरोहीलाई सहयोग गर्न गएका तीन जना सहयोगी शेर्पा हिमालमा वेपत्ता भएको आधार शिविरमा रहेका आरोहीहरुले स्याटलाइट फोन मार्फत जानकारी गराएका छन् ।

जुगल हिमालको पहिलो शिविरबाट शेर्पाहरु हराएको आरोहीहरुले जानकारी दिएका छन् । सगरमाथा आरोही माया गुरुङको एभरेष्ट वुमन ट्रेकबाट आरोही टोली जुगल आरोहणमा गएको थियो । सो ट्रेक कम्पनीकी जेस्ना खड्काले दिएको जानकारी अनुसार ग्यालजेन पिक आरोहणबाट क्याम्प वानमा फर्केपछि गाडीएको डोरी निकाल्न जाने क्रममा उनीहरु हराएका थिए ।

आरोहणपछि जुगल आधार शिविर ४७२४ मिटरको उचाइमा सबै फर्केका थिए । ‘आरोहणका क्रममा टाँगिएको डोरी निकाल्नका लागि ३ जना सहयोगी शेर्पाहरु जानु भएको रहेछ, उहाँहरु फर्कनुभएन’ खड्काले बताइन् ।

आरोहीहरुका साथ आशबहादुर गुरुङ, समिर गुरुङ, नरबहादुर अस्थामी र तुलसी गुरुङ सहयोगी भएर गएका थिए । माया गुरुङसहित सहयोगी ७ जनाले मंगलबार जुगल हिमालको आरोहण गरेका थिए ।

उनीहरु हिउँ पहिरोमा परेको हुन सक्ने आशंका गरिएको छ ।