१५ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाउँमा विवाद मिलाउन सहजकर्ता तयार

अ+ अ-

जाजरकोट । समुदायका मनमुटाव, वैमनस्यता र झगडालगायत विवाद समाधान गर्न यहाँका चार स्थानीय सरकारले मेलमिलापकर्ता तयार गरेका छन् ।

जिल्लाका नलगाड नगरपालिका, भेरी नगरपालिका, कुशे गाउँपालिका र बारेकोट गाउँपालिकाले झण्डै १४० भन्दा बढी मेलमिलापकर्ता जनशक्ति उत्पादन गरेका हुन् । चार स्थानीय तहले आठदिने आधारभूत तालीममार्फत मेलमिलापकर्ता जनशक्ति उत्पादन गरेका छन् । समुदायका मनमुटाव, वैमनस्यता, झगडालगायत विवाद समाधान गर्न र न्याय समितिको न्यायिककार्य सम्पादनमा सहयोग पुर्‍याउने उद्देश्यले जनशक्ति उत्पादन गरिएको स्थानीय सरकारले बताएका छन्  । तालीम लिएका मेलमिलापकर्ताले सबै वडामा मेलमिलापकर्ताको रुपमा काम गर्नेछन् ।

न्यायिक समितिको न्यायिककार्य सम्पादनमा सहयोग गर्ने, विवादलाई मेलमिलापका माध्यमबाट टुङ्गो लगाउने, प्रचलित कानूनको परिपालना गरी समाजमा मेलमिलाप कायम गर्नेलगायत काम मध्यस्थकर्ताले गर्नेछन्   । स्थानीय न्यायिक समितिलाई सहजकर्ताले सहयोग गर्ने अपेक्षा लिइएको छ ।

तालीमले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहमा न्याय सम्पादनका कामलाई सुलभ बनाउने परिकल्पना गरिएको नेपाल बार एशोसिएसनका अध्यक्ष भीमबहादुर सिंहले बताए । उनले भने, “स्थानीय तहमा कानूनी ज्ञानको कमी र तालीमप्राप्त जनशक्ति अभावमा न्यायिक समितिका काम प्रभावकारी हुन सकेनन्, समितिको कामकाज प्रभावकारी बनाउन तालीममार्फत मेलमिलापकर्ता उत्पादन गरिएको छ ।”

पूर्वाधार मात्र नभई प्रत्येक नागरिकमा सकारात्मक सोचको विकास गराउनु पनि समृद्धि भएको उनको भनाइ छ  । न्यायिक कामलाई प्रभावकारी बनाइ जनताले अनुभूति गर्ने खालको काममा जोड दिँदै आएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले भने, “गाउँ, बस्ती र वडास्तरका विवादको समाधानबाट मात्र स्थानीय तहलाई विकसित बनाउने वातावरण सिर्जना हुन्छ, तालीमका सहभागीले द्वन्द्व, विवादको अवधारणा तथा विकास, विवाद समाधानका परम्परागत तरिका, विवाद समाधानका वैकल्पिक उपाय, मेलमिलापमा सञ्चारलगायत विषयमा प्रशिक्षण पाएका छन् ।”

आधारभूत तालीम लिएर स्नातक उत्तीर्ण गरेकाले राष्ट्रिय मेलमिलाप परिषद्बाट मेलमिलापकर्ताको इजाजत पाउने प्रावधान रहेको सामुदायिक क्षमता विकास केन्द्र सिन्धुपाल्चोक प्रशिक्षक विनिता गुरुङले बताए ।

मेलमिलापसम्बन्धी आधारभूत तालीमबाट समाजका रहेको विवादको कसरी अन्त्य गर्ने र विवादित पक्षबीच कसरी मेलमिलाप गर्ने भन्ने ज्ञान प्राप्त गरेको प्रशिक्षार्थी कैशीला खत्रीले बताए । न्याय सम्पादनमा स्थानीय सरकारलाई सहयोग गर्न सकिन्छ र न्यायिक समितिलाइ सहजता कसरी ल्याउन सकिन्छ भन्ने ज्ञान प्राप्त गरेको प्रशिक्षणमा सहभागीले बताएका छन् । कानुनमा भएका आधारभुत कुरा सम्म थाहा नहुँदा समस्य भोग्दै आएका स्थानीयबासीलाइ गाउँमा गएर न्याय सम्पादनका मुद्दामा सघाउ पुर्‍याउने उनीहरुको भनाइ छ ।

तालीमपछि मेलमिलापकर्ताको रूपमा दर्ज भएका सहजकर्ताले समाजमा शान्ति र मेलमिलापको अवस्था सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।