२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीको कबुलियती वनमा आगलागी

अ+ अ-

डोटी । जिल्लाका बिभिन्न सामुदायिक तथा कबुलियती वनमा आगलागी भएको छ । एक हप्ता देखि यहाँका वनमा आगलागी हुँदा सयौँ हेक्टर वन सखाप हुन थालेको छ ।

जिल्लाका ग्रामिण क्षेत्रमा आगलागी हुँदा सामुदायिक तथा कबुलियती गरी कम्तीमा पनि ७४४ हेक्टर वन सखाप भएको डिभीजन वन कार्यालय डोटीले जनाएको छ । डिभीजन वन कार्यालयका निमित्त वन अधिकृत सुरेशचन्द्र डिसीका अनुसार यहाँका सामुदायिक तर्फका कम्तिमा पनि ४५, कबुलियती तर्फका दुई तथा अन्य केही सरकारी वनमा आगलागी भएको छ ।

आगो निभाउने प्रयास गरिए पनि नियन्त्रणमा आउन नसकेको निमित्त वन अधिकृत डिसीले बताए । उनले भने, ‘पछिल्ला केही दिन यता पानी नपरेकाले पुरै जंङ्गल सुख्खा छ, आगो निभाउने भरपुर प्रयास भएपनि सकिएको छैन्, निभाउने प्रयास भइरहेको छ ।’ जिल्लामा ३६६ सामुदायिक वन र १९६ कबुलियती वन छन् ।

धेरै सामुदायिक र कबुलियती वनमा लामो समयपछि आगो लाग्दा साना बुट्टयान र बिरुवा सखाप भएका जोरायल गाउँपालिका ५ गड्सेरा स्थित मसानी सामुदायिक वनका कोषाध्यक्ष दुर्गादेबी विष्टले बताए । आगलागी सम्बन्धी जनचेतना गराउँदा गराउँदै पनि धेरै वनमा आगो नियन्त्रण गर्न नसकिएको वन कर्मचारीको भनाइ छ ।

वनमा आगो लाग्दा आँखा चिलाउने, सास फेर्न अप्ठ्यारो महसुस हुने, वातावरण धमिलो देखिने जस्ता समस्या आउन थालेको जोरायल गाउँपालिका २ का रामबहादुर मल्लले बताए । चुरोट खानेहरुका कारण आगलागी हुने गरेको कतिपएको बुझाई छ ।

जिल्लामा बाक्लो तथा घना जंङ्गल भएका कारण एक ठाउँमा लागेको आगो सहजै अर्को ठाउमा सर्ने गरेकाले पनि वर्षेनी वन सखाप हुदै आएको रानीवन सामुदायिक वनका अध्यक्ष तिर्थराज भण्डारीले बताए। रासस