२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चैनपुरमा भेटियो ६ सय वर्ष पुरानो इँटा

अ+ अ-

सङ्खुवासभा । चैनपुर बजारमा ६०० वर्ष पुरानो इँटा फेला परेको छ । चैनपुर नगरपालिका–६ मा मल्लकालीन समयमा उत्पादन भई प्रयोग भएको इँटा भेटिएको हो । स्थानीय नारायण श्रेष्ठको घरको पिँढीमा प्रयोग भएको इँटा १४ औँ शताब्दीभन्दा अघिको रहेको इतिहासविद् डा रमेश ढुङ्गेलले दाबी गरे । ढुङ्गेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विज्ञ टोली सदस्य छन्। “चैनपुरको इतिहासमा नयाँ कुराको प्राप्ति भएको छ”, उनले भने, “छ सय वर्षभन्दा पुराना इँटा फेला परेका छन् ।”

उनका अनुसार यसले चैनपुरको इतिहासमा महत्वपूर्ण प्रमाण थपेको छ । नेपाल एकीकरणभन्दा अगाडि नै चैनपुरको इतिहास रहेकाले यसको संरक्षण आवश्यक रहेको उनले बताए । चैनपुर सङ्खुवासभाको पुरानो सदरमुकाम पनि हो । उक्त इँटाको लम्बाइ १४ इन्च, चौडाइ आठ इन्च र मोटाइ दुई इन्च छ । पुरातत्त्व विभाग, जनप्रतिनिधि र स्थानीयलाई आह्वान गरी इँटाको रेलिङ राखेर सुरक्षा गर्नुपर्ने उनको भनाइ छ । यसबारे विभागमा लिखित जानकारी गराउने उनले बताए ।

यसअघि हटिया गोलामा पुरानो हतियार फेला परेको थियो । यसले इतिहास थप भएको चैनपुरका प्रमुख भरतकुमार खत्रीले बताउनुभयो । “चैनपुर बजारमा अझै पुराना शैलीका घर प्रशस्त छन्”, उहाँले भन्नुभयो, “मल्लकालीन इँटा फेला परेकाले यस क्षेत्रको महत्व अझ बढेको छ ।” स्थानीय सरकारले यस्ता पुरातात्विक महत्व बोकेका सम्पदाको संरक्षणको काम थाल्ने उहाँको भनाइ छ ।

नवौँदेखि १४औँ शताब्दीसम्म यस प्रकारको इँटा उत्पादन भएको देखिएको स्थानीय रामकुमार दाहालको भनाइ छ । चैनपुरका अन्य घरमा पनि यस्तै इँटा प्रयोग भएको उहाँले सुनाउनुभयो । पुराना इँटा प्रयोग भएको घरका धनी श्रेष्ठ भने विराटनगरमा बस्दै आएका छन् ।

चैनपुर बजारमै रहेको मेजरपाटीलाई त्यस समयमा बस्नेत पौवा भनिने गरेको पाइएको ढुङ्गेलको भनाइ छ । भोट र सिक्किममा युद्ध लडेर चैनपुरलाई एकीकृत नेपालमा मिलाउन दोस्रो मुख्य काजी वक्तावरसिंह बस्नेतसहितको टोलीको योगदान रहेको इतिहास छ । विक्रम संवत् १८४५ मा स्थानीयस्तरमा नेतृत्व गर्ने आशा खत्री, मनोहर डाँगी, स्वरुप डाँगी, विश्राम राउत र लिम्बू जातिका लडाकुलगायत विभिन्न जनजातिलाई आफ्नो पक्षमा लिएर चैनपुरलाई नेपालको क्षेत्रमा राखिएको ढुङ्गेलले बताए । उनका अनुसार १८३०÷३१ मा पृथ्वीनारायण शाहका पालामा वक्तावरसिंहका बुबा जनरल अभिमानसिंह बस्नेतको फौजले लडाइँ नगरी चैनपुर क्षेत्रलाई एकीकृत नेपालमा मिलाएको इतिहासमा उल्लेख छ । सिक्किम र भोटको युद्धले चैनपुरलाई आफ्नो बनाएको थियो तर पछि वक्तावरसिंहको टोलीले फिर्ता ल्याएको थियो । चैनपुर फिर्ता भएको विजयको खुशियालीमा मेजरपाटी बनाइएको ढुङ्गेलको भनाइ छ ।

उनका अनुसार चैनपुरकै बानेश्वर मन्दिरमा पनि टेरकोटा भैरवको मूर्ति छ । उक्त मूर्ति २५० वर्ष पुरानो रहेको उनले उल्लेख गरे । सिद्धकाली मन्दिरमा सिक्किमले शासन गरेको समयमा लेखिएको शिलालेख अझै छ । त्यसमा ‘ॐ आ हुँम’ तान्त्रिक मन्त्र लेखिएको पाइन्छ ।