९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परराष्ट्र नीतिका सम्बन्धमा देशको दृष्टिकोण एउटै हुनुपर्दछ : प्रम ओली

अ+ अ-

काठमाडा । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र नीतिका सम्बन्धमा देशको दृष्टिकोण एउटै हुनुपर्ने बताएका छन् । परराष्ट्र नीति सम्बन्धमा राष्ट्रिय कार्यक्रमको शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

“देशको परराष्ट्र नीति, व्यक्ति पिच्छे,पार्टी पिच्छे फरक हुनु हुदैँन” प्रधानमन्त्री ओलीले भने, “नेपालले एउटै विदेश नीति बनाएर अघि बढ्नु पर्दछ ।” प्रधानमन्त्री ओलीले नेपालले अब राजनीतिक कुटनीतिमा मात्र हैन आर्थिक कुटनीतिमा पनि ध्यान दिनु पर्ने बताएका छन् । “हाम्रो मुख्य उद्धेश्य देशलाई समृद्धिको बाटोेमा तिव्र गतिमा अघि बढाउने हो” प्रधानमन्त्री ओलीले भने,“हाम्रो क्षमता सीप र प्रविधिलाई विकास तर्फ केन्द्रित गर्नुपर्दछ ।”

प्रधानमन्त्री ओलीले राष्ट्र निर्माण,नेपाल एकिकरण र सार्वभौमसत्ताको रक्षाको लागि विगतमा योगदान गर्ने सबैलाई आफूले स्मरण गर्न चाहेको बताएका छन् । प्रधानमन्त्री ओलीले विगतमा भन्दा नेपालको छिमेक सम्बन्ध सङ्लिएको उल्लेख गरेका छन्। “छिमेक नीतिका सम्बन्धमा हामीले थुप्रै कुरामा पुनरावलोकन गरेका छौं” प्रधानमन्त्री ओलीले भने, “हाम्रो छिमेक सम्बन्ध सत्य, न्याय र विश्व व्यवस्थामा आधारित हुनुपर्दछ । हामी त्यता तर्फ नै केन्द्रित छौं । हाम्रो मुख्य उद्धेश्य नै सबैसँग मित्रता, छैन कसैसँग सत्रुता भन्ने हो ।”

प्रधानमन्त्री ओलीेले नेपाल केही समय पछि परे पनि अब त्यो स्थिती धेरै दिन कायम नरहने बताएका छन् । “केही कारणले हामी केही समयपछि प¥यौं तर अब त्यो स्थिती रहँदैन । तिव्र गतिमा अघि बढ्ने राष्ट्रिय लक्ष्य हामीले तयार गरिसकेका छौं” प्रधानमन्त्री ओलीले भने, “गरिबी माथीको हाम्रो प्रहार तिव्र छ । नेपालमा गरिबी अब लामो समय टिक्न सक्दैन ।”

प्रतिक्रिया दिनुहोस