८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखराबाट ‘पेन गन’ सहित लागु औषध कारोबारी पक्राउ

अ+ अ-

पोखरा । पोखरामा ‘पेन गन’ फेला परेको छ । लागु औषध कारोबारमा संलग्न १ जनाले कलम जस्तै देखिने गन र त्यसमा लाग्ने सात राउन्ड गोली राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीले ‘पेन गन’ सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा २४ कास्कीकोटका सागर रानाभाट छन् । उनी पोखरा ७, मासबारस्थित एक घरमा डेरा गरी बस्दै आएका थिए । लागु औषध ओसरपसार, बिक्री वितरण तथा हातहतियार बोकेर हिड्ने गरेको सूचनाका आधारमा रानाभाटलाई अनुसन्धान पश्चात्त पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

उनको साथबाट एक थान ‘पेन गन’ र त्यसमा लाग्ने ७ थान गोली बरामद गरिएको एसपी कार्कीले बताए । ‘कास्कीमा सम्भवतः पहिलोपटक पेन गन फेला परेको हो,’ उनले भने, ‘देख्दा ठ्याक्कै पेन, तर यसबाट हानेको गोलीले मान्छेको ज्यान जान सक्छ ।’

साथमा फेनारागन ६०, बुफ्रिन ६०, डाइजापाम ६० थान र नाइट्रोसन १५ चक्की प्रहरीको टोलीले बरामद गरेको छ । पक्राउ परेका रानाभाटले साथमा लिई राखेको विभिन्न व्यक्तिका पासपोर्ट र नागरिकता १० थान बरामद गरिएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस