२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बोको हरामको आक्रमणमा ५५ जनाको मृत्यु

अ+ अ-

अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतंककारी संगठन बोको हरामले गरेको आक्रमणमा कम्तीमा ५५ जना गाउँलेको मृत्यु भएको छ ।

बोर्नोका गभर्नर बाबागाना उमारा जुलुमले बोर्नो राज्यको नागान्जाई क्षेत्रका बाडु मलाम क्यारिरी, जावा र लामिसुला बुकार बुलाला गाउँमा बोको हरामले शनिबार बिहानैदेखि आतंकको अवस्था सिर्जना गरेको जानकारी दिए।

पीडितसँग भेटघाटपछि संचारकर्मीसँग कुरा गर्दै गभर्नर बाबागानाले मानवीय संवेदना शून्य भएका आतंककारीले निर्दोष गाउँलेमाथि आक्रमण गरेको बताए।

सरकार समर्थित स्थानीय सुरक्षा गार्डमा आबद्ध अब्बागाना अलिले आक्रमणमा मारिएका व्यक्तिको दाहसंस्कार भइरहेका समयमा समेत बोको हरामले आक्रमण गरेको जानकारी दिए ।

बाडु मलाम क्यारिरी गाउँमा मात्र २६ जनाको हत्या भएको अलिले सिन्ह्वा समाचार समितिलाई बताए । उनले विमानभेदी बन्दुक समेतबाट सुसज्जित पाँच वटा ट्रकमा आएका बोको हरामले गाउँमा आक्रमण गरेको जानकारी दिए ।

उनले भने – उनीहरुले कसैलाई छाडेनन् । उनीहरुले यहाँ महिला र बालबालिकाको पनि हत्या गरे । हामी सबैजसोले भागेर ज्यान जोगाउन सफल भयौं ।

बोको हरामले नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा एक दशकदेखि आक्रमण जारी राखेको छ । उनीहरु उत्तरी अफ्रिकामा कट्टर इस्लामिक राज्य स्थापना गर्न चाहन्छन् ।रासस/सिन्ह्वा