९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रमण वर्ष जसरी पनि सफल बनाउनैपर्छ : पर्यटनमन्त्री

अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पूर्वाधार विकाससँगै लगानीमैत्री वातावरण तथा सेवामा विशेष सहुलियतको व्यवस्था गरिने बताएका छन् ।

भ्रमण वर्ष अभियानलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा नेपाल पर्यटन बोर्डको सहयोगमा भ्रमण वर्ष सचिवालयले आज यहाँ सरोकारवाला निकायसँग गरेको अन्तक्र्रियामा मन्त्री भट्टराईले चुनौतीको रुपमा रहेको भ्रमण वर्ष कार्यक्रमलाई जसरी पनि सफल बनाउनैपर्ने बाध्यता रहेको उल्लेख गरे ।

उनले भने,’भ्रमणवर्ष अभियानलाई सफल पार्न सरकार, निजी क्षेत्र सबैको सक्रियता चाहिन्छ, यो दायित्वबाट कोही पनि उम्कन पाइन्न, प्रवद्र्धनका कामलाई प्रभावकारी बनाउन साझेदारीताका साथ योजनाबद्ध कार्यक्रम अघि बढाऔँ ।’

पर्यटनमन्त्री भट्टराईले भ्रमण वर्ष अभियानलाई लक्षित गर्दै छिट्टैनै देशभरका पर्यटन व्यवसायीलाई काठमाडौँको टुँडिखेलमा भेला गरी प्रधानमन्त्रीको उपस्थितिमा भ्रमण वर्षलाई सफल बनाउन सामूहिक रुपमा शपथ खुवाउने उद्घोष गरे ।

भ्रमण वर्ष अभियानको १ जनवरी सन् २०२० का दिन सातवटै प्रदेशबाट एकैसाथ उद्घाटन गरिनेछ । विदेशस्थित सबै नेपाली कूटनीतिक नियोगमा सम्बन्धित मुलुकका प्रमुख वा विशिष्ठ व्यक्तिको उपस्थितिमा अभियानको शुरुआत् गरिने उनको भनाइ थियो । सरकारले भ्रमण वर्षको अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सन् २०१८ मा करीब १२ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

पर्यटनमन्त्री भट्टराईले महत्वपूर्ण पर्यटकीय पूर्वाधारको रुपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुदृढीकरण, निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शीघ्र सञ्चालन मन्त्रालयको उच्च प्राथमिकतामा रहेको उल्लेख गरे ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको सुधार गरी नेपाली जहाजलाई युरोपका आकाशमा सहज उडानको वातावरण सिर्जना गरिने उनले बताए ।

पर्यटन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले निजी क्षेत्रको साझेदारीमा भ्रमण वर्षलाई सफल बनाउन योजनाबद्ध कार्यक्रम ल्याइने उल्लेख गरे।

भ्रमणवर्ष अभियानका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्य र बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अभियान अन्तर्गत गरिने कार्ययोजनाबारे जानकारी गराएका थिए ।

छलफलमा सहभागी व्यवसायीले भ्रमण वर्षलाई प्रभावकारी र परिणाममुखी बनाउन पूर्वाधार विकास, गन्तव्य प्रवर्द्धन, सेवा स्तरिकरण तथा पर्यटन क्षेत्रका विभिन्न सेवामा विशेष सहुलियतको माग गरेका छन् ।

हिमालय एयरलायन्सका उपाध्यक्ष विजय श्रेष्ठ र एयरलायन्स अपरेटर एशोसिएशनका अध्यक्ष पवित्रकुमार कार्कीले हवाई इन्धनको मूल्य घटाई आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका जहाजलाई सरकारले प्रोत्साहनको वातावरण सिर्जना गर्नुपर्ने बताए ।

ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहाल, नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष सिएन पाण्डे, र नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ, व्यवसायी वसन्त मिश्र, विक्रम पाण्डे, मदन आचार्य, ध्रुव सिङ्खडा, सीताराम सापकोटा, राजेन्द्रप्रसाद सापकोटा, बच्छुनारायण श्रेष्ठ, कुमार थापालगायतले नेपाली पर्यटनको अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी प्रवर्द्धन गरिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस