कालिकोट । भालुको आक्रमण बाट कालिकोटमा एक जना गम्भीर घाइते भएका छन् ।
नरहरिनाथ गाउँपालिका– ९ लालु गडिगाउँका कर्णबिर शाही भालुको आक्रमणबाट गम्भीर घाइते भएका हुन् ।
आइतबार बेलुका ४ बजे गाउँकै मकै बारी गएको बेला उनलाई भालुले आक्रमण गरेको थियो ।
भालुले आक्रमण गरी गम्भीर घाईते भएका शाहीलाई थप उपचारका लागि सुर्खेत लगिएको वडा अध्यक्ष जोरबहादुर शाहीले बताएका छन् ।