२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधानले सामाजिक न्यायलाई सुनिश्चित गरेको छ : मन्त्री बाँस्कोटा

अ+ अ-

विराटनगर। सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संविधानले जनताका सुरक्षा, सम्मान र सामाजिक न्यायलाई सुनिश्चित गरेको बताएका छन् । प्रेस सङ्गठन नेपाल मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उनले परिवर्तनका लागि जोखिमपूर्ण यात्राबाट प्राप्त लोकतन्त्रलाई संस्थागत गर्नुको विकल्प छैन भने ।

मन्त्री बाँस्कोटाले संविधानलाई कार्यान्वयनमा ल्याउन जनता बढी जागरुक हुनुपर्ने भन्दै विभिन्न जातजाति, भाषा, संस्कृतिका भन्दा सबैका साझा पर्व संविधान दिवस हो भने । उनले नेपाली जनताका भविष्य र सपनालाई अुनबन्धित एवं सुनिश्चित गरेको यो संविधान दिवसले देशभक्ति, लोकतन्त्र र सामाजिक न्यायलाई स्थापित गर्ने विश्वास व्यक्त गरे ।

संविधान दिवस २०७६ विशेष रुपमा मनाउन सरकारबाट आह्वान भइसकेको चर्चा गर्दै मन्त्री बाँस्कोटाले लोकतन्त्रलाई सबलीकरण गर्ने सञ्चारमाध्यम सधैँ जागरुक हुनुपर्ने बताए । वर्तमान प्रणालीलाई बलियो बनाई आर्थिक र सामाजिक रुपान्तरणमा गति दिन सबैलाई आग्रह गर्दै मन्त्री बाँस्कोटाले संविधान कुनै दल विशेषको मात्र नभएर सबैको हो स्पष्ट पारे ।

उनले नागरिक गुनासोलाई स्वाभाविक रुपमा लिएको चर्चा गर्दै सरकार मन परेन भने व्यवस्थालाई कमजोर पार्ने काम सह्य नहुने बताए ।

सामन्ती व्यवस्थालाई पराजित गरेर स्थापना गरिएको यो व्यवस्थाको रक्षा जनताले नै गर्ने धारणा राख्दै मन्त्री बाँस्कोटाले सरकार दिगो विकासका लागि योजनाबद्ध भएर अघि बढिरहेको छ भनेको ।

उनले रोजगारी सिर्जना गर्न उत्पादन बढाउनुपर्ने भन्दै सुदृढ अर्थतन्त्रको जग बसाल्न वर्तमान सरकारले शुरु गरिसकेको विचार व्यक्त गरे ।

उनले विगतको भन्दा अहिले निर्यात बढेको दावी गर्दै सरकार सबै राष्ट्रसँगको सम्बन्धलाई सुदृढ र विकसित गरेको छ भने । अहिले मुलुकमा समृद्धिको यात्रालाई प्रधानमन्त्री केपी शर्मा ओलीले शुरु गरेको स्मरण गराउँदै एक वर्षमा एक हजार मेघावाट बिजुली वृद्धि भएको जानकारी दिए ।