२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुम्लामा एमडिजीपी शैक्षिक कार्यक्रम रोकियो

अ+ अ-

काठमाडौं । जुम्लामा पहिलो पटक विशेषज्ञ चिकित्सक उत्पादन गर्न तत्कालका लागि बाटो बन्द भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले चिकित्सा विज्ञानअन्तर्गतको एमडिजीपी तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुमति/स्वीकृतिपत्र नपाएपछि विशेषज्ञ तहमा चिकित्सक उत्पादन गर्न केही समयपछि धकेलिएको हो ।

राष्ट्रिय चिकित्सा शिक्षा आयोगले हालै प्रतिष्ठानमा सो तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्न थप अध्ययन गर्नुपर्ने आवश्यकता औल्याउँदै तत्काल अनुमति/स्वीकृतिपत्र नदिने निर्णय गरेको बताइएको छ । आयोगको सो निर्णयसँगै अब प्रतिष्ठानमा विशेषज्ञ चिकित्सक उत्पादन गर्ने शैक्षिक कार्यक्रम सञ्चालन गर्न केही सयम पर्खनुपर्ने अवस्था आएको हो । आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले आयोगको सो निर्णयका बारेमा केही बताउन चाहेनन् ।

अर्कोतर्फ, आयोगले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्नाकोत्तर तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुमति/स्वीकृतिपत्र दिने निर्णय गरेको जनाइएको छ । नेपाल मेडिकल काउन्सिलको गत असार ५ गते बसेको बैठकले कर्णाली स्वास्थ्य प्रतिष्ठानलाई एमडीजीपी तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्न तीन सिट तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्नाकोत्तर तहमा इन्टरनल मेडिसियन दुई, स्त्री तथा प्रसूति चार, पेडियाट्रिक्स दुई, एनेस्थेसिया दुई, अर्थोपेडिक्स तीन सिट अध्ययन गराउन अनुमति÷ स्वीकृतिपत्र दिने नीतिगत निर्णय गरेको थियो ।

जुम्लामा एमडिजीपी शैक्षिक कार्यक्रमले कर्णाली प्रदेशको समग्र गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षामा नयाँ फड्को मार्ने विश्वास गरिएको थियो । अहिले प्रतिष्ठानले आगामी दिनमा चिकित्सा शिक्षाको स्नातक तह (एमबीबीएस) तथा जनस्वास्थ्य विषयका अन्य शैक्षिक कार्यक्रम सञ्चालन गर्न पाठ्यक्रम, जनशक्ति, भौतिक पूर्वाधारको केही पूरा भएका र केही पूरा हुन बाँकी रहेको जनाएको छ ।

हाल प्रतिष्ठानले नर्सिङका प्रमाणपत्र र स्नातक तह, स्नातक तहको मिडवाइ फ्रि, स्वास्थ्य र बेहोस पार्ने (ऐनेस्थसिया) सहायक अध्ययन अध्यापन गराइरहेको छ । नर्सिङको प्रमाणपत्र तर्फ स्थानीय एक सय जनशक्ति उत्पादन भइसकेको छ । शैक्षिकसत्र विसं २०७५/७६ देखि स्नातक तहको जनस्वास्थ्य विषयमा अध्यापन शुरुआत् भएको छ ।

विशेषतः जुम्ला, हुम्ला, कालीकोट, मुगु, डोल्पा, अछाम, जाजरकोट, बझाङ र बाजुरा जिल्लाको स्वास्थ्यस्थिति माथि उकास्न सरकारले ठूलो लगानीका साथ विसं २०६८ मा जुम्लामा सो प्रतिष्ठान स्थापना गरेको थियो । प्रतिष्ठानले एक वर्ष अर्थात् विसं २०६९ कात्तिक २३ गते एक जना विशेषज्ञसहित पाँचजना चिकित्सक तत्कालीन कर्णाली अञ्चल अस्पताल जुम्ला पु¥याई सेवा शुरुआत गरेको थियो ।

विसं २०७० मा सो अस्पताल प्रतिष्ठानमा गाभिन पुगेको थियो । गाभिँदा १०० श्ययाको अस्पताल हाल ३०० श्ययामा विस्तार हुन पुगेको छ । अस्पतालले पछिल्लो समय आफ्नै फार्मेसी, रक्तसञ्चारसेवा तथा अक्सिजन प्लान्टसमेत सञ्चालनमा ल्याइसकेको छ । दैनिक दुई सयसम्म अन्तरङ्ग र बहिरङ्ग सेवा लिने सो अस्पतालमा तीन श्यया आकास्मिक छन् । पछिल्लो समय प्रतिष्ठानमा सेवालिन आएका बिरामीलाई अन्यत्र पठाउने अवस्थामा पुगेका जनाइएको छ । प्रतिष्ठानमा निकट भविष्यमा सिटी स्क्यान उपकरण सेवा तथा नाक, कान र घाँटी विशेषज्ञ सेवा शुरु हुने जनाएको छ ।

एमडिजीपी तथा एमबिबिएस दुबै तहका अध्ययन अध्यापन शुरु गराउन प्रतिष्ठानले भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन र अस्पतालमा उपकरण जडानकार्य पूरा गरेपछि काउन्सिलका विज्ञ टोलीले पटकपटक स्थलगत अध्ययन गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शिक्षाा मन्त्रालयले सो कार्यक्रम सञ्चालन गर्न प्रतिष्ठानलाई एक वर्षअधि नै स्वीकृति दिइसकेका थिए । विसं २०७४ असोज २६ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको प्रतिष्ठानको पाँचौं सिनेट बैठकले प्रतिष्ठानको शैक्षिक कार्यक्रम तथा भौतिक निर्माण सम्बन्धी गुरुयोजना पारित गरेको थियो ।

हाल प्रतिष्ठानमा (जुम्ला अस्पताल) प्रायः नेपालबाट नै मेडिकल शिक्षा अध्ययन पूरा गरेका युवा चिकित्सक कार्यरत छन् । ती चिकित्सकले कर्णाली प्रदेशका दुर्गम गाउँमा गई घुम्ती शिविरमार्फत् हालसम्म ३० हजारको उपचार गरिसकेका छन्  ।

प्रजनन स्वास्थ्यमा उल्लेखनीय सुधार

विगतमा जुम्ला अस्पतालमा दक्षजनशक्तिको अभावमा सुत्केरी हुन आउने आमाको बच्चा अड्किएर अकालमा धेरैको मृत्यु हुने गर्दथ्यो । प्रतिष्ठानले अस्पताल सञ्चालन गरेपछि हालसम्म एकजना पनि सुत्केरी आमाको मृत्यु नभएको प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले जानकारी दिए ।

पछिल्लो समय जुम्ला अस्पतालको स्वास्थ्यसेवा उपलब्धतता कारण ती नौ जिल्लाका मातृ तथा नवजात शिशु मृत्युदर तथा समग्र स्वास्थ्यमा सुधार आएको बताइन्छ । गतवर्ष अस्पतालबाट ३९ हजार ९४२ बिरामीले सेवा लिएका थिए । तीमध्ये चार हजार ३४७ जना आकस्मिक उपचार सेवा, दुई हजार ५९१ जना भर्ना तथा ४६९ को मुख्य (मेजर), ५७२ गर्भवती आमाले बच्चा जन्माएका थिए । तीमध्ये १०२ आमाको मात्र शल्यक्रिया गर्नुपरेको उनी बताउँछन् ।

विशेष गरी जुम्लावासीको औसत आयु ३६ वर्ष रहेको छ । यस्तै जुम्लामा नै ९५ वर्षसम्म बाँचेका मानिस पनि छन् । कर्णालीका ५५ हजार घरपरिवारको स्वास्थ्य सर्भेक्षण गर्ने लक्ष्यअनुरुप जुम्ला, मुगु र कालीकोटको स्वास्थ्य सर्भेक्षण पूरा भएको र बाँकी अन्य जिल्लामा पनि शुरुआत गर्ने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका आमा सुरक्षा कार्यक्रम, मातृ तथा नवजात शिशु, खोप, क्षयरोग तथा निःशुल्क औषधि वितरण कार्यक्रममा पनि सहयोग गरिरहेको छ ।