काठमाडौं । लोकसेवा आयोगबाट सिफारिस भएका कर्मचारी नपठाउन कतिपय स्थानीय तहले सरकारलाई आग्रह गरेको छ ।
आर्थिक स्रोतले धान्न नसक्ने अवस्था रहेको भन्दै कतिपय स्थानीय तहले कर्मचारी सिफारिस रोकिदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेका छन् ।
मन्त्रालय स्रोतका अनुसार मौखिक तथा लिखित रुपमा स्थानीय तहहरुले यस्तो आग्रह गरेको बताइएको छ । कुन कुन् स्थनीय तहले यस्तो आग्रह गरे भन्ने मन्त्रालयले खुलाएको छैन ।
लोक सेवा मार्फत सिफारिस भएका कर्मचारीहरुलाई अर्को व्यवस्था नभएसम्म हाजिरी गराई कामकाज गराउन र नियमानुसार तलब सेवा उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिइसकेको छ ।
लोकसेवा आयोगले सम्पूर्ण प्रक्रिया पूरा गरी सिफारिसका क्रममा रहेको छ ।
आयोगले कर्मचारी समायोजनपछि स्थानीय तहको मागको आधारमा ९ हजार १ सय ६१ जनाको भर्ना खोलेको थियो ।
भर्ना प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।







