काठमाडौँ । कारागारमा रहेका कैदीबन्दीहरुलाई पुनर्निर्माणको अभियानमा सहभागि गराउँदा देश विकासमा योगदान पुग्ने सुझाव दिइएको छ ।
बिहीबार पुनर्निर्माण प्राधिकरणको कार्य प्रगतिबारे संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा सभापति शशी श्रेष्ठले कारागारमा रहेका युवाशक्तिहरुलाई पुनर्निर्माणको अभियानमा सहभागि गराउँदा राष्ट्र विकासमा सकरात्मक प्रभाव पर्ने भएकोले उनीहरुलाई काम लगाउन सकिने सुझाव दिएकी हुन्।
धरहरा, रानीपोखरीलगायत अन्य कुनै पनि संरचनाहरु पुनःनिर्माणमा ढिलाई गर्न नहुने बताउँदै उनले यदी कामदारको अभाव नै भएको हो भने बन्दीहरुलाई काम लगाउँन सकिने बताएकी हुन् ।
अन्य विभिन्न देशहरुले पनि यस्तो गरिरहेकोले नेपालमा पनि कैदी बन्दीहरुलाई काममा लगाउन सकिने उनको धारणा थियो । सो क्रममा अन्य सांसदहरुले पनि यसबारे सकरात्मक धारणा राखेका थिए ।







