२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सिद्धबाबा’लाई पुनः सात दिनको म्याद थप

अ+ अ-

काठमाडौं । ‘सिद्धबाबा’ भनिने सुनसरी चतराका कृष्णबहादुर गिरीलाई जिल्ला अदालतले सोमबार पुनः सात दिनको म्याद थप गरेको छ ।

आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने गिरीलाई अदालतले पुनः सात दिनको म्याद थप गरेको हो । प्रहरी निगरानीमा अस्पतालमा बस्दै आएका गिरीलाई आज प्रहरीले जिल्ला अदालत सुनसरीमा उपस्थित गराएको थियो ।

प्रहरीले अदालतमा उपस्थित गराएकामा अदालतले थप अनुसन्धानका लागि गिरीलाई ७ दिनको म्याद दिएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए । जिल्ला अदालत सुनसरीका न्यायाधीश मणिराम न्यौपानेको इजलासले कृष्णबहादुरलाई सात दिन अस्पतालमै निगरानीमा रहने गरी प्रहरी अनुसन्धानका लागि म्याद थप गरेको प्रनाउ शर्माले बताए ।

अदालतले यसअघि सिद्धबाबालाई तीन पटक गरी १४ दिनको म्याद दिइसकेको छ । अदालतले सिद्धबाबालाई आजबाट लागू हुने गरी थप भएको सात दिनमा प्रहरीलाई पुनः अदालतमा उपस्थित गराउन भनिएको छ ।

अदालतले गिरीलाई पुनः सात दिनको म्याद थप गरेपछि उनलाई अदालतको आदेशबमोजिम तत्कालका लागि विराट नर्सिङ होममै पठाइएको सुनसरीका प्रनाउ शर्माले बताए । यसअघि प्रहरीले तीन दिनको म्यादसँगै गिरीको मुद्दा अदालत समक्ष बुझाउने बताएको थियो । सोहीअनुरुप अघिल्लो दिन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

प्रहरीले अनुसन्धान सकिएको भन्दै अनुसन्धान प्रतिवेदन बुझाए पनि अनुसन्धानको कागजात पर्याप्त र अभियोग पुरक नभएकाले पुनः म्याद थपको मागसहित अदालत पेश गरिएकामा अदालतबाट सात दिनको म्याद प्राप्त भएको जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलाले बताए ।