२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लिकुद पार्टीको आन्तरिक प्रतिस्पर्धामा नेतन्याहु भारी बहुमत साथ विजयी

अ+ अ-

जेरूसेलम, इजरायल । पार्टीमा भएको आन्तरिक प्रतिस्पर्धामा नेता गिडिअन सारलाई प्रधानमन्त्री बेन्जामिन नेतन्याहु अत्यधिक बहुमतका साथ विजय भएका छन् ।

बिहीबार भएको आन्तरिक प्रतिस्पर्धामा ७२.५ प्रतिशत मत पाएका नेतन्याहुले पार्टीको तर्फबाट प्रधानमन्त्री बन्नका लागि अब लगभग पक्का भएको छ । पार्टीका नेता तथा प्रधानमन्त्रीको उम्मेदवारका लागि लिकुद पार्टीमा भएको आन्तरिक प्रतिस्पर्धामा पूर्व मन्त्रीसमेत रहेका सारले २७।५ प्रतिशत मत प्राप्त गरेका छन् ।

विजयपछि लिकुद पार्टीका समर्थकहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री नेतन्याहुले आफूले आगामी वर्षको मार्च महिनामा हुने निर्वाचनमा भारी मतका साथ निर्वाचित बन्ने र लिकुद पार्टीले बहुमतको सरकार बनाउने बताए । नेतन्याहुले इजरायलको राजनीतिक बागडोर विगत २० वर्षदेखि सम्हाल्दै आएका छन् ।

प्रधानमन्त्री नेतन्याहुमाथि भ्रष्टाचार आरोप लागेपछि उनको पार्टीभित्र उनी कमजोर भएको र नेता सार वैकल्पिक नेतृत्वका लागि रहेको अनुमान गरिएको थियो ।

नेतन्याहुले भने,’प्राइमरी निर्वाचनमा अत्यधिक बहुमत दिएकोमा सबै नेता तथा कार्यकर्तालाई धन्यवाद ज्ञापन गर्दछु । साथै आगामी मार्च २ मा हुने निर्वाचनमा पनि आफ्नो नेतृत्वमा लिकुदले विजय प्राप्त गर्नेछ ।’

‘अब हामी एक भएर निर्वाचन अभियानमा सहभागी बन्नुपर्छ र लिकुदलाई अत्यधिक बहुमतका साथ जिताउनुपर्छ,’ उनले थपे ।

उनले आफ्नो दक्षिणपन्थी दल लिकुद र आफूलाई अझै पनि व्यापक समर्थन रहेको दावी गरे। एकताका लागि समर्थकलाई गरेको सम्बोधनमा उनले नेता सारको नाम भने उच्चारण गर्न चाहेनन्। सो अवसरमा उहाँले इजरायलको निकट सहयोगी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजरायललाई दिएको निरन्तरको सहयोगका लागि धन्यवाद दिए । उनले आगामी निर्वाचनले इजरायलमा ‘ऐतिहासिक उपलब्धि ल्याउने’ दाबीसमेत गरे ।

महिनौंको प्रयासपछि पनि इजरायलले एक वर्षमा तेस्रो पटक निर्वाचनलाई टार्न गरेका प्रयासहरू विफल भएपछि आगामी मार्च २ का लागि निर्वाचन तोकिएको छ । एकै वर्षको अवधिमा तीन पटक निर्वाचन हुने संयोग यहुदी राज्य इजरायलको इतिहासमा पहिलो पटक हो । अप्रिल र सेप्टेम्बरमा भएका चुनावमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू तथा मध्यमार्गी प्रतिद्वन्द्वी बेन्नी गान्ट्ज कसैलाई पनि निर्वाचनले सरकार गठन गर्नको लागि स्पष्ट बहुमत नदिएपछि दुई प्रतिस्पर्धीलाई पछिल्लो निर्वाचनपछि संयुक्त सरकार बनाउन राष्ट्रपतिबाट गरिएको आग्रहले सार्थकता नपाएपछि पुनः निर्वाचनको तयारी भएको हो ।

निर्वाचनले एक वर्षमा सरकार गठन गर्न असमर्थ रहेका राजनीतिज्ञहरूप्रति गहिरो ध्रुवीकरण र असन्तुष्टि निम्त्याउने अनुमान राजनीतिक विश्लेषकहरूले गरेका छन् । अद्यापि, नयाँ निर्वाचनमा प्रधानमन्त्री नेतन्याहू तथा उनका प्रतिस्पर्धी गान्ट्जबीच नै कसिलो र सरकार निर्माणका लागि सार्थक अवसर मिल्नेछ ।

गान्ट्जको ‘ब्लु एण्ड ह्वाइट’ पार्टी पक्षधर नेता तथा सांसदहरूले इजरायलमा प्रधानमन्त्री नेतन्याहूको दलले निर्वाचन जितेमा देशले थप भ्रष्टाचारको सामना गर्नुपर्ने र देशको अर्थव्यवस्था थप कमजोर बन्ने बताएका छन् भने नेतन्याहुले इजरायलमा आफ्नो विकल्प सोच्ने वेला अझै नआएको बताएका छन् ।

इजरायलका जनताबीच पटकपटकका निर्वाचनपछि पनि देशको राजनीतिक सङ्कट कायम रहनु र निर्वाचनमा मात्रै तीन अर्ब ४० करोड अमेरिकी डलर खर्च हुनुपर्ने बाध्यतालाई लिएर नेताहरूप्रति वितृष्णा जागेको देखिन्छ । रासस/एएफपी