२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालय निरीक्षकलाई प्रशासकीय अधिकृतको जिम्मा

अ+ अ-

डोटी । जिल्लाका नौवटा स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका छन् ।

यसले गर्दा स्थानीय सरकारले प्रदान गर्ने सेवा सुविधा तथा गुणस्तरमा समेत प्रभाव पर्न थालेको छ । यहाँ दुई नगरपालिका र सात वटा गाउँपालिका रहेका छन् ।

उपसचिवको दरबन्दी रहेको दिपायल सिलगढी नगरपालिकामा करिव तीन वर्षदेखि सहायक वन अधिकृत भोजराज शर्माले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनलाई प्रशासन प्रमुखको जिम्मेवारी दिइएपछि वन क्षेत्रको काम प्रभावित भएको नगरवासी बताउँछन् ।

त्यसैगरी उपसचिवको दरबन्दी रहेको शिखर नगरपालिका स्थापनाकालदेखि निमित्तको भरमा सञ्चालन भइरहेको छ । बेलाबेलामा स्वास्थ्य, शिक्षा, कृषिका अधिकृतलाई कार्यालय प्रमुखको जिम्मेवारी तोकिँदै आएकामा हाल नगरपालिकाका शाखा अधिकृत धर्मराज विनाडीले दुई वर्षदेखि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका छन्।

यहाँका गाउँपालिकाको हालत पनि नगरपालिकाको जस्तै छ । डोटीको पूर्वीचौकी गाउँपालिकामा कार्यक्रम अधिकृत टेकबहादुर खड्का, सायल गाउँपालिकामा नायब सुब्बा भरत नेपाली, बोगटान फुड्सिल गाउँपालिकामा विद्यालय निरीक्षक शङ्कर सूचीकार, जोरायल गाउँपालिकामा विद्यालय निरीक्षक तेजबहादुर खड्का, केआइसिंह गाउँपालिकामा नायब सुब्बा जनक कठायतलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

आदर्श गाउँपालिकामा शाखा अधिकृत सुरत परियार प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत रहेका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७३ मा हरेक स्थानीय तहमा ‘प्रमुख प्रशासकीय अधिकृत’सम्बन्धी व्यवस्था रहेको छ ।

प्रमुख प्रशासकीय अधिकृतले प्रशासन प्रमुखका रुपमा सभा तथा कार्यपालिकाको सचिव तथा स्थानीय तहले गरेका निर्णय कार्यान्वयन, आर्थिक कारोवार व्यवस्थित, अभिलेखीकरण, लेखा परीक्षण तथा चलअचल सम्पत्तिको संरक्षण बेरुजु फछ्र्यौटलगायतका काम गर्नुपर्ने कानूनी प्रावधान रहेको छ ।

प्रमुख प्रशासकीय अधिकृतको समेत जिम्मेवारी बहन गर्दा विषयगत शाखा प्रमुखलाई आफ्नो शाखाको काम भ्याइनभ्याइ तथा गुणस्तरहीन भइरहेको स्थानीयको गुनासो गरेका छन् । स्थानीय तहमा नेपाल सरकारले प्रमुख प्रशासकीय अधिकृत खटाउने भए पनि स्थानीय तहका जनप्रतिनिधिसँग लामो समय टिक्न सक्दैनन् । प्रमुख प्रशासकीय अधिकृतले कामभन्दा पनि नीति नियमको कुरा बढी गर्ने भएकाले आफूहरुलाई निमित्तसँग काम गर्न असजिलो हुने जोरायल गाउँपालिका वडा नं ५ का वडाध्यक्ष ध्वजबहादुर देउवाले बताए ।

आवश्यक कर्मचारीको अभावमा गाउँपालिकाले अपेक्षितरुपमा गुणस्तरीय सेवा प्रवाह गर्न कठिनाइ भइरहेकोे सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए।

स्थानीय तहको कामलाई प्रभावकारी बनाउनका लागि प्रमुख प्रशासकीय अधिकृतको पदपूर्ति हुनुपर्ने केआइसिंह गाउँपालिकाका अगुवा समाजसेवी जगतबहादुर बलायरले माग गरे।

स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा सञ्चालित हुँदा स्थानीय तहमा भ्रष्टाचार संस्थागत हुन थालेको डोटी उद्योग वाणिज्य सँघका महासचिब दीपकबहादुर खड्काको जानकारी दिए ।