११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालय हाताभित्र मदिरा सेवन गर्नेलाई कारवाही गरिने

अ+ अ-

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–३ स्थित जनता आधारभूत विद्यालय नवराजपुरको हाताभित्र यही पुस १६ गतेका दिन अङ्ग्रेजी नयाँ वर्ष मनाउने क्रममा मदिरा पार्टी गरेको खबर सार्वजनिक भएपछि नगरपालिकाले कानूनी कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । उक्त पार्टीमा संलग्न शिक्षकलाई कानूनअनुसार कारवाही गरिने भएको छ ।

सार्वजनिक बिदाका दिन विद्यालयजस्तो पवित्रस्थलमा मदिरा पार्टी गरेको भन्दै नगरपालिकाले भोजमा संलग्नलाई कानूनअनुसार कारवाही गरिने निर्णय गरेको छ । जानकारी लगत्तै मङ्गलबार विद्यालय पुगेका नगर प्रमुख शिवनाथ महतो, नगरपालिकाका कर्मचारी, वडाध्यक्ष, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सम्मिलित बैठकले कारवाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको नगरपालिकाका कर्मचारी धर्मराज बस्नेतले बताए ।

भोज गरिएको घटनाको एक हप्ता बित्दासमेत विद्यालयको हाताभित्र खाली मदिराका वोतल, खाना खाएका जुठा प्लेट, फोहरले विद्यालयको वातावरण प्रदूषित भएको पाइएको थियो । अनुगमनका क्रममा सञ्चारकर्मीसहितको टोली घटनास्थलमा पुग्दा मदिराका खाली बोतलको छेउमा ससाना विद्यार्थी खुला चौरमा अध्ययन गर्नका व्यस्त रहेका थिए ।

सो भोजमा विद्यालयमा दिवा खाजाका लागि प्रयोग गरिने भाडावर्तन पनि प्रयोग गरिएका खुलासा भएको थियो । भोजका क्रममा भाइरल भएको भिडियोमा मदिरा सेवन गरी लठ्ठ भएका शिक्षकले असभ्यताको हद पार गरेको पाइएको छ । कोही खानमा व्यस्त त कोही भोजपुरी अश्लिल गीतमा नृत्य गर्दै आएका भेटिएका थिए ।

प्रतिक्रिया दिनुहोस