२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बल्ल कचनकवल, हल्दिवारी, बाह्रदशी हात्ती आतंकबाट मुक्त भए

अ+ अ-

सुरुङ्गा । दक्षिणी झापाको चारकोसे जङ्गलका रैथाने हात्ती नियन्त्रण गर्न ३७ किलोमिटर क्षेत्रभित्र सौर्य विद्युतीय तारबार जडान सम्पन्न भएको छ । कचनकवल, हल्दिवारी, बाह्रदशी र भद्रपुरको दक्षिणी वडाका स्थानीयवासी हात्तीको समस्याबाट मुक्त भएका छन् ।

चारकोसे जङ्गलका ११ वटा हात्तीबाट यस क्षेत्रका स्थानीयवासी केही वर्षअघिदेखि पीडित हुँदै आएका थिए । सांसद राजेन्द्रकुमार लिङ्देनको पहलमा प्रकृति संरक्षण कोष र सरकारको सहकार्यमा रु चार करोड ७४ लाखको लागतमा सौर्य तारबार गरेपछि स्थानीयवासी हात्तीको समस्याबाट मुक्त भएका हुन् ।

सौर्य तारबार ललितपुरको न्यू क्रिएशन इम्पेक्स प्रालिले भारतको फेन्ज गार्ड नामक कम्पनीसँग सहकार्य गरेर लगाइएको जिल्ला डिभिजनल वन अधिकृत विष्णुलाल घिमिरेले जानकारी दिए । छ हजार ३०० हेक्टर क्षेत्रफलमा फैलिएको चारकोसे वनभित्र २२ सामुदायिक वन रहेका छन् । जहाँ लोपोन्मुख वन्यजन्तुको सूचीमा रहेका सालकसहित जङ्गली हात्तीको समेत भरपर्दो बासस्थान रहेको यहाँ दुर्लभ पशुपक्षी, मृग, हरिण, बँदेल, अजिङ्गर, बाँदर खुलारूपमा देख्न सकिन्छ ।

चारकोसे जङ्गलमा विद्युतीय तारबार गरेसँगै झापा क्षेत्र नं ३ का सांसद लिङ्देनसहित प्रकृति संरक्षण कोषका कार्यक्रम अधिकृत वीरेन्द्र गौतम, डिभिजनल वन अधिकृत घिमिरे, भारतको चेन्नाइस्थित फेन्ज गार्ड नामक कम्पनीका विशेषज्ञ जर्ज, स्थानीय जनप्रतिनिधि, सामुदायिक वनका पदाधिकारी सम्मिलित टोलीले सौर्य तारबारको शनिबार स्थलगत अनुगमन गरेका थिए ।

अनुगमनका क्रममा भुतेनी र अन्धुवा खोलामा थप विद्युतीय तारबार आवश्यक रहेको स्थानीयवासीले माग समेत गरेका थिए । खोलामा विद्युतीय तारबार नगरेका कारण खोलालाई क्षेत्र बनाएर जङ्गली हात्ती गाउँ पस्ने गरेको र भद्रपुर क्षेत्रमा बढी दुःख दिन थालेको स्थानीयवासीको गुनासो गरे ।

आर्थिक वर्ष २०७६/७७ मा विशाल सामुदायिक वनबाट कमलधाप, मायालु वन हुँदै भेलागढीसम्म विद्युतीय तारबार गर्ने कार्यक्रम रहेको वन अधिकृत घिमिरेले जानकारी दिए । उनका अनुसार १५ किलोमिटर क्षेत्रफलभित्र सर्भेको काम भइरहेको छ । आर्थिक वर्षभित्र रु दुई करोडको लागतमा काम हुने भएको छ । करीब २० किलोमिटर क्षेत्रफलभित्र सौर्य तारबार गर्न सके जङ्गली हात्ती जङ्गलमै थुनिने बताइन्छ ।

उष्ण प्रदेशीय वनमा पाइने सबै वनस्पति पाइने चारकोसे जङ्गलभित्र लेउदेखि झ्याउसम्मका वनस्पति पाइने हुँदा यो वन जैविक विविधताले समेत भरिपूर्ण छ । यहाँ स–साना पहाड भएकाले पनि दक्षिणबाट उत्तरतर्फ पानी बग्ने गरेको र जरुवा पानीको भरपर्दो स्रोत पाउन सकिने जिल्ला वन कार्यालयका प्रमुख घिमिरेले बताए ।