११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुस्ताङका विद्यार्थी पढ्न तनहुँ झरे

अ+ अ-

दमौली । मुस्ताङमा अत्यधिक चिसो बढेपछि त्यहाँको एक गाउँपालिकाका विद्यार्थी अध्ययन गर्न तनहुँ आइपुगेका छन् । मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा रहेको दुई विद्यालयका विद्यार्थीलाई अध्ययनका लागि तनहुँको शुक्लागण्डकी नगरपालिका ल्याइएको हो ।

जनज्योति आधारभूत विद्यालय र घर्मी सोलर आधारभूत विद्यालयका १४२ विद्यार्थीलाई शुक्लागण्डकी नगरपालिका–८ स्थित तिब्बतीयन क्याम्पभित्र रहेको लेकश्यद छल निम्न माध्यमिक विद्यालयमा अध्ययनको व्यवस्था मिलाइएको छ । पुस १६ गतेदेखि फागुन १७ (जनवरी र फेबु्रअरी) गतेसम्म उक्त विद्यालयका विद्यार्थी क्याम्पभित्रै बसेर अध्ययन गर्ने मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोन्फेल विष्टले जानकारी दिए ।

पुसदेखि फागुनसम्म उक्त ठाउँमा अत्यधिक चिसो हुने भएकाले विद्यार्थीको भविष्य बिग्रन नदिने उद्देश्यले गाउँपालिकाले नै अध्ययनको व्यवस्था मिलाएको उनले जानकारी दिए । ‘चिसोले यहाँको तापक्रम माइनस २० देखि ३० डिग्रीसम्म पुग्छ, त्यसबेला त्यहाँ बस्नै सकिँदैन’, उनले भने, ‘यो समयमा यहाँका विद्यार्थीलाई शुक्लागण्डकीस्थित विद्यालयमा पढ्ने व्यवस्थापन मिलाएका छौँ ।’

उनका अनुसार जनज्योति आधारभूत विद्यालयका ८१ र घर्मी सोलर आधारभूत विद्यालयका ६१ विद्यार्थीलाई बस्ने र खाने खर्चको व्यवस्था गाउँपालिकाले नै मिलाएको छ । ‘गाउँपालिकाले गत वर्षदेखि दुई महिनाका लागि विद्यार्थीलाई पढाउन तनहुँ ल्याउने व्यवस्था मिलाएको हो’, अध्यक्ष विष्टले भने, ‘दुई महिनापछि पुनः विद्यार्थी मुस्ताङ नै फर्किन्छन् ।’

सो गाउँपालिकामा फागुनदेखि चैत मसान्तसम्म बिदा हुने र वैशाखदेखि पुनः विद्यार्थी आ–आफ्नो विद्यालयमा नै अध्ययन गर्नेछन् । विष्टका अनुसार वैशाखदेखि भने उक्त ठाउँमा मौसम अनुकूल रहने गर्दछ । विद्यार्थीलाई पढाउन शिक्षक पनि मुस्ताङबाटै आएका छन् ।

शुक्लागण्डकी नगरपालिका–८ स्थित तिब्बतीयन क्याम्पभित्र रहेको लेकश्यद छल निम्न माध्यमिक विद्यालयमा बिदा भएका कारण मुस्ताङबाट आएका विद्यार्थी अध्ययन गरिरहेको क्याम्पका प्रमुख छेङ्तिङले जानकारी दिए। विद्यालयमा शुक्लागण्डकीका ६४ विद्यार्थी अध्ययनरत छन् । ‘हाम्रो विद्यालयमा अहिले जाडो बिदा भएका कारण मुस्ताङका विद्यार्थीलाई पढ्ने व्यवस्था मिलाएका छौँ”, उनले भने ।

प्रतिक्रिया दिनुहोस