२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिममा २ सय ६६ कुष्ठ रोगी

अ+ अ-

डोटी । सुदूरपश्चिम प्रदेशमा दुई सय ६६ जना कुष्ठ रोगी भएको एक तथ्याङ्कले देखाएको छ ।

६७औं विश्व कुष्ठरोग दिवसको अवसरमा आइतबार स्वास्थ्य कार्यालय डोटीद्वारा आयोजन गरिएको अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी दिइएको हो । कार्यक्रममा प्रस्तुत तथ्याङ्क अनुसार सुदूरपश्चिम प्रदेशमा कुष्ठरोगको प्रकोप दर १.०५ प्रति दश हजार रहेको देखाएको छ । नेपालमा सन् २०१० मै कुष्ठरोग निवारण भएको घोषणा गरिएको भए पनि सुदूरपश्चिममा प्रकोपको दर प्रति दश हजार जनसंख्यामा एक भन्दामाथि रहेको देखिएको छ ।

सुदूरपश्चिम प्रदेशभित्र सबैभन्दा बढी प्रकोप दर कैलाली जिल्लामा रहेको छ । यस जिल्लामा प्रति दश हजार १.९१ रहेको छ । यस्तै बझाङमा सवैभन्दाकम ०.०९ प्रति दश हजार रहेको छ । अछाममा १.८०, कञ्चनपुरमा ०.८९, बाजुरामा ०.३९, डडेलधुरामा ०.३८, डोटीमा ०.२८, बैतडीमा ०.२३ र दार्चुलामा ०.१४ प्रति दश हजार प्रकोप दर रहेको स्वास्थ्य कार्यालय डोटीका कुष्ठरोग फोकल पर्सन उद्धवबहादुर ठगुन्नाले जानकारी दिए ।

डोटीमा चार नयाँ कुष्ठरोगी

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा चार जना नयाँ कुष्ठरोगी पत्ता लागेको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।

गत आर्थिक वर्षसम्ममा जिल्लामा तीन जना मात्रै कुष्ठरोगीहरु रहेकोमा चालु आ।व।मा चार जना थप भई ७ जना पुगेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए । उनले दुई जना थप रोगीहरूको पहिचान नभएको र अभिलेख आउन बाँकी रहेको समेत जानकारी दिए । ‘नयाँ बिरामीहरू भेटिनुले अहिले पनि समाजमा लुकेर रहेका धेरै छन् भन्ने अनुमान हो’ कार्यालय प्रमुख मलासीले भने ‘स्थानीय तहहरुले यस विषयमा अध्ययन गर्नु पर्ने देखिन्छ ।’