२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्वतमा पहिलो पटक लगानी बहस आयोजना

अ+ अ-

पर्वत । जिल्लामा नयाँ व्यावसायिक लगानीका क्षेत्रको खोजी गर्न पहिलो पटक लगानी बहस कार्यक्रम आयोजना गरिने भएको छ । पर्वत उद्योग वाणिज्य सङ्घको आयोजनामा भोलि बिहीबार लगानी बहस कार्यक्रम आयोजना गर्न लागिएको हो ।

पछिल्लो समयमा साहसिक पर्यटनको गन्तव्य बन्दै गएको पर्वतमा थप लगानीका क्षेत्रहरुको खोजी र लगानी सुनिश्चित गर्न बहस कार्यक्रम आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष केदारनाथ शर्माले बताए । पर्वतमा खानी उद्योग सञ्चालन, पर्यटन उद्योग, कृषिजन्य उद्योग तथा जलविद्युत्का क्षेत्रमा नयाँ लगानी भित्र्याउने उद्देश्य राखिएको छ ।

लगानी बहस कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय संयोजक तथा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष सुरज वैद्य, महासङ्घका पूर्वअध्यक्ष विनोदबहादुर श्रेष्ठ तथा कुशकुमार जोशी र प्रतिष्ठित व्यवसायी शेखर गोल्छाले भाग लिने कार्यक्रम रहेको कार्यक्रमको संयोजन गरिरहेएका पवसंघका पूर्वअध्यक्ष हरिओम शर्मा लामिछानेले जानकारी दिए ।

बहस कार्यक्रममा पर्वतको फलामखानी उत्खनन र माटेमा रहेको स्लेट ढुङ्गाखानी, कुस्माबजार र आसपास रहेका पर्यटकीय क्षेत्रमा सिसाको पुल, रक क्लाइम्बिङ, हेलिकप्टर, अल्ट्रालाइटजस्ता साहसिक पर्यटनका थप पूर्वाधार र होटल रिसोर्टमा लगानी, पर्यटकीय क्षेत्रहरुमा केबुलकार बनाउने, लप्सी प्रशोधनका ठूलो उद्योग सञ्चालन गर्ने र कालीगण्डकी र मोदीखोलामा थप जलविद्युत् आयोजनाहरुको विकासका लागि लगानीको खोजी गर्ने उद्देश्य राखिएको छ ।

पोखराबाट नजिक रहेको, कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको ट्रान्जिट प्वाइन्टमा रहेका कारण पर्वतमा उद्योगहरुको स्थापना, खानी उद्योगको सञ्चालन, पर्यटनका नयाँनयाँ गन्तव्यको विकास गर्न सकिने सम्भावना छ । पर्वतका कालञ्जर क्षेत्र, कुस्मा क्षेत्र, पञ्चासे, डहरे, महाशिला क्षेत्र र कालीगण्डकी किनारमा धेरै पर्यटकीय सम्भावना भएकाले साहसिक र धार्मिक पर्यटनको विकास गर्न सकिन्छ । यसबाहेक लगानीका अन्य क्षेत्रका बारेमा पनि बहस कार्यक्रममा छलफल हुने र लगानीको आश्वासनसमेत आउने विश्वास लिइएको अध्यक्ष शर्माले बताए ।