२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्व निकेतन माविमा विज्ञान प्रदर्शन

अ+ अ-

काठमाडौं । विश्व निकेतन मावि त्रिपुरेश्वरको ७४ औँ वार्षिकोत्सव समारोहका अवसरमा आयोजित विज्ञान प्रदर्शनीमा कक्षा १२ मा अध्ययनरत रोहित चौधरीको समूहले ब्लुट्थ कार राखेको थियो । मोबाइलबाटै नियन्त्रण गरी चलाउन सकिने गरी निर्मित खेलौना आकारको कार हेर्नेको भीड लागेको थियो । मोबाइलकै सहायताले टेबलमा राखिएको कार दौडिन्थ्यो ।

त्यस्तै अभियान खड्काको समूहले सोलार केबलकार प्रदर्शन गरेको थियो । ‘घाम परेपछि सोलार प्यानल तात्छ र ब्याट्री चार्ज हुन्छ’, खड्काले भने, ‘ब्याट्री तातेपछि केबलकार चल्छ, केबलकार चलेपछि बिजुली उत्पादन हुन्छ ।’ प्रमोद विकको समूहले भने मिसाइल लञ्चर प्रदर्शनमा राखेको थियो ।

विद्यार्थीले आफैँ निर्माण गरेका विभिन्न थरीका आविष्कारका नमूनाले दर्शकको ध्यान तानेको थियो । अभिषेक ठाकुरको समूहको स्मार्ट हाउस पनि प्रदर्शनीमा थियो जसमा खाद्य सामग्री राख्ने खोल काटेर निर्मित सुन्दर घरमा कागज तथा काठका सामग्री प्रयोग गरी बनाइएका विभिन्न वस्तु थिए । आदित्यकुमार सिंहको समूहले प्राकृतिक रमणीय वातावरणसहितको शहर र नेपालको भौगोलिकताअनुसारको आधुनिक यातायात प्रणालीको समेत परिकल्पना गरेको थियो ।

प्रदर्शनीमा वाटर लेभल इन्डिकेटर, हाइड्रोलिक रोबोट, हाइड्रोलिक पुल, बन्दूक रकेट डोजरलगायत सामग्रीलाई सञ्चालन गर्न मिल्ने गरी प्रदर्शनीमा राखिएको थियो । विद्यार्थीले प्रयोगमा आएका इलेक्ट्रोनिक वस्तुलाई सानो आकारको बनाई सञ्चालनमा ल्याएका थिए ।

कार्यक्रमका अतिथि, अभिभावक तथा अन्य दर्शकले कक्षा ११ र १२ मा विज्ञान सङ्कायमा अध्ययनरत विद्यार्थीले प्रदर्शनीमा राखेका यस्तै थुप्रै विज्ञानका सामग्री अवलोकन गरेका थिए । दर्शकहरु विज्ञानमा भरिएको कला हेर्न उत्सुक देखिन्थे ।

उनीहरु सामग्रीका बारेमा जानकारी लिन्थे भने विद्यार्थी खुशी हुँदै आफूले निर्माण गरेका सामग्रीका बारेमा बताउने गर्थे । विद्यालयका विज्ञान सिफ्ट इञ्चार्ज भरतमणि भट्टराईले विद्यार्थीले अध्ययन गर्ने बेलामा सिकेका सीप र आफ्नै सिर्जना प्रयोग गरेर सामग्री तयार पारेको बताए । ‘खोज, अनुसन्धान र गहिरो अध्ययनको कारण विद्यार्थीहरु विज्ञानका सामग्री निर्माण गर्न सफल भएका हुन्’, उनले भने, ‘निरन्तरको अभ्यासले अझै महत्वपूर्ण समाग्रीको निर्माण र प्रयोग गर्न मद्दत गर्छ ।’