९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साहित्य घरको ‘डबली’मा ‘शिखरको ढुङ्गा’ माथि बहस

अ+ अ-

काठमाडैँ । नेपाली साहित्य घर कोटेश्वरमा सरल सहयात्रीको उपन्यास ‘शिखरको ढुंगा’माथि बहस भएको छ।

साहित्य घरले सञ्चालन गर्न लागेको मासिक कार्यक्रम ‘डबली’को पहिलो शृंखलामा शिखरको ढुंगा उपन्यासमाथि बहस भएको हो। बहसकर्ता समीक्षक कैलाश राई थिइन् । त्यस्तै लेखक सरल सहयात्री पनि कार्यक्रममा सहभागी थिए । कवि तथा पत्रकार कला अनुरागीले सहजीकरण गरेका थिए।

कार्यक्रममा बोल्दै समीक्षक कैलाश राईले शिखरको ढुंगा उपन्यासले जनयुद्ध र हिमाल आरोहणको कथालाई संयुक्त रुपमा प्रस्तुत गरेको बताइन्।

उनले शिखर प्राप्तका लागि हिँडेको योद्धाले ढुंगा लिएर फर्केको विषयले लडाईंबाट प्राप्त उपलब्धिलाई संकेत गरेको बताइन्। उनले जनयुद्धले अधिकार प्राप्तिको् लडाईं भएको उल्लेख गर्दै गणतन्त्र धर्म निरपेक्षताजस्ता उपलब्धि त्यसैको जगमा भएको बताइन्। उनले क्यान्टोनमेन्टबाट आरम्भ भएको उपन्यासले जनयुद्धलाई पृष्ठभूमिमा छाडेको हुँदा यसलाई हिमाल आरोहणको उपन्यासभन्दा अन्याय नहुने बताइन्। जनयुद्धमा महिलाको सहभागिता उलख्य भएको भए पनि उपन्यासमा सो अनुसार महिला पात्र नभएको उनको भनाइ थियो।

समीक्षक राईले उपन्यास बिम्बात्मक रहेको र शिखरबा६ ल्याएको ढुंगालाई जनयुद्धबाट प्राप्त उपलब्धीका रुपमा लिनुपर्ने बताइन् । उनले हिमाल अरोहण र जनयुद्ध दुबै वषयलाई मिलाबउन लेखकले प्रयत्न गरेको भए पनि जनयुद्धको विषय ओझेल परेको बताइन् ।

लेखक सरह सहयात्रीले आफूले उपन्यासमा सचेततापूर्ण रुपममै जनयुद्धको विषयलाई कम ल्याएको बताए। जनयुद्धमा सहभागी भएको र क्यान्टोनमेन्ट समेत रहेको योद्धा भएका कारण आफूबाट पाठकहरुले जनयुद्धको विषय नै अपेक्षा गरेको उनको भनाइ थियो। उनले जनयुद्धको आयाम वृहत भएका कारण त्यसलाई सम्बोधन गर्न सक्दिनँ कि भन्ने डर आफूमा रहेका कारण त्यसबाट भाग्न खोजेको बताए। उनले हिमाल आरोहणको कथा समेटिएका कारण आफूले त्यसै अनुकूलको पात्र प्रयोग गरेको र महिला पात्रलाई पनि अन्याय नगरेको दावी गरे।

समीक्षक, लेखक र पाठकलाई जोडेर गरिएको अन्तक्र्रिया झण्डै दर्जन सहभागीले उपन्यास र लेखकमाथि प्रश्न गरेका थिए।

नेपाली साहित्य घरका अध्यक्ष विष्णु भण्डारीले लेखक–स्रष्टाहरुलाई मञ्च उपलब्ध गराउनका लागि आफूहरुले यस्तो कार्यक्रम सञ्चालन गरेको बताए। उनले लेखक, समीक्षक र पाठकलाई जोड्न र कृतिमाथि गम्भीर बहस गर्न यस खालका कार्यक्रम निजयमित रुपमा सञ्चालन गर्ने तयारीमा रहेको बताए। भण्डारीले आफूहरुले हरेक महिनाको अन्तिम शनिबार नियमित रुपमा कार्यक्रम हुने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस