२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डेढ दशकपछि नेपाल–बङ्गलादेश परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै, यस्ता छन् वार्ताका एजेण्डा

अ+ अ-

काठमाडौं । नेपाल र बङ्गलादेशबीच डेढ दशकपछि परराष्ट्रमन्त्रीस्तरमा द्विपक्षीय वार्ता आगामी मङ्गबार ढाकामा हुँदैछ । सम्पर्क सञ्जाल विस्तार, ऊर्जा व्यापार र व्यापार अभिवृद्धिमा केन्द्रित रहेर वार्ता हुनेछ ।

द्विपक्षीय सम्बन्धका सबै पक्षमा गहन छलफल हुने प्रतिनिधिमण्डलस्तरीय वार्तामा साझा चासोका ऊर्जा, व्यापार प्रवर्द्धन, पारवहन, सम्पर्क सञ्जाल विस्तार, पर्यटन, लगानी, क्षेत्रीय तथा बहुपक्षीय सहयोग प्रवर्द्धनमा सघन विचारविमर्श गर्ने कार्यसूची परराष्ट्र मन्त्रालयले निर्धारण गरेको छ ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को संस्थापक सदस्य, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को सदस्य तथा बङ्गदेश, नेपाल, भारत, भूटान ‘इनिसिएटिभ’ (बिबिआइएन) को साझेदार राष्ट्र बङ्गालादेशसँग नेपालको बहुआयमिक सम्बन्ध भए पनि विविध कारणले लामो समयदेखि परराष्ट्रमन्त्रीस्तरमा द्विपक्षीय बैठक हुन सकेको थिएन । यद्यपि सार्क, बिम्स्टेक र बिबिआइएन, असंलग्न आन्दोलन (नाम) र संयुक्त राष्ट्रसंघीय महासभाका सन्दर्भमा भने अनौपचारिक द्विपक्षीय संवाद भएका छन् ।

आपसी सम्बन्धको नवीकरण तथा पारस्परिक सहकार्य र साझेदारीका नयाँ क्षेत्रहरू पहिल्याउन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आफ्ना बङ्गलादेशी समकक्षी डा.एके अब्दुल मोमेनको निमन्त्रणमा परराष्ट्र सचिवसहित उद्योग, वाणिज्य तथा आपूर्ति र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिवका साथ सोमबार बिहान ढाकातर्फ प्रस्थान गर्दै छन् ।

सहुलियतपूर्ण व्यापार सम्झौताबारे विशेषरुपमा छलफल हुनेछ भने पश्मिना, जुत्ता चप्पल, अदुवा, अलैँची, सागपात, फलफूल, हस्तकलाका सामग्री, नक्कली गरगहना, चिया, कफी तथा जडीबुटी र जडीबुटीजन्य नेपाली उत्पादनलाई सहुलियतमा बङ्गलादेशी बजार उपलब्ध गराउन नेपाली पक्षले आग्रह गर्नेछ । कृषि प्रशोधन, दूध र दुग्धजन्य पदार्थ, तयारी पोशाक, विद्युतीय र घरायसी उपकरणलगायत झण्डै १४० वटा उत्पादनबारे द्विपक्षीय सम्झौतालाई अन्तिम रुप दिने प्रयत्न वार्तामा हुने अपेक्षा गरिएको छ ।

निकासी प्रवद्र्धन केन्द्रका अनुसार सन् २०१८/१९ मा नेपालले रु एक अर्ब २९ करोड, ३४ लाख ७५ हजार ३१० बराबरका मुसुरोसहितका दलहन, अत्तर बनाउन प्रयोग गरिने जडीबुटीजन्य वनस्पतिका कच्चापदार्थ, गहुँ, काउली, गोलभेँडा, सागसब्जीका बीउबिजन, जुस, फर्निचर, कुचो, अम्रिसो, फेल्ट, काठका फर्निचर, सल, मफ्लर, जुटका बोरा, ओढ्ने बङ्गलादेश निर्यात गरेको थियो ।

ऊर्जा व्यापार, सहयोग र साझेदारी वार्ताको प्रमुख प्राथमिकताको विषय हुने परराष्ट्र सविच शङ्करदास वैरागी बताउछन् । क्षेत्रीय सम्पर्क सञ्जाल विस्तार, जल यातायात विस्तार र त्यसमा बङ्गलदेशले हासिल गरेको विज्ञता तथा अनुभव आदानप्रदानका निम्ति वार्ता उपयोगी हुने उनी ठान्छन् । उनी भन्छन्, ‘तेस्रो नजिकको छिमेकी मुलुक बङ्गलादेशसँगको हाम्रो बहुआयमिक सम्बन्धलाई अझ सुदृढ बनाउन र आपसी सहयोगका क्षेत्र पहिल्याउने प्रयास हुनेछ । ‘

नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादन हुने ५०० मेगावाट विद्युत् बङ्गलादेशलाई बिक्री गर्ने सम्झौता भएसँगै नेपाल–बङ्गलादेश ऊर्जा साझेदारी व्यवहारमा रुपान्तरण हुुने प्रायः पक्का भएको छ । यसबारेमा पनि थप छलफल हुने उनी बताउछन् । उनका अनुसार नवीकरणीय ऊर्जा, दुवै देश र जनताको लाभका खातिर निर्यात प्रवद्र्धन, व्यापार–वाणिज्यका सम्बन्धमा पनि विचारविमर्श हुनेछ ।

बङ्गलादेशको मन्त्रिपरिषद्को सार्वजनिक खरिद समितिले नेपालबाट विद्युत् खरिद गर्ने निर्णयलाई स्वीकृत गरेपछि विद्युत् व्यापारको प्रक्रिया अगाडि बढेको सन्दर्भमा प्रतिनिधिमण्डलस्तरीय वार्तामा त्यससम्बन्धमा गहन छलफल हुने अपेक्षा गरिएको छ । द्विपक्षीय सहमतिअनुसार बङ्गलादेशले २५ वर्षसम्म विद्युत् खरिद गर्नेछ । बङ्गलादेशले सन् २०४० सम्ममा नेपालबाट नौ हजार मेगावाट विद्युत् नेपालबाट खरिद गर्ने योजना सार्वजनिक गरिसकेको छ । प्रारम्भिक चरणमा भने ढाकाले ५०० मेगावाट बिजुली खरिद गर्नेछ ।

ऊर्जा क्षेत्रमा सहयोग र साझेदारी बढाउन दुवै देशका ऊर्जा सचिव र सहसचिवको नेतृत्वमा बनेका संयुक्त संयन्त्र, विद्युत् उत्पादन एवं प्रसारणसम्बन्धी संयुक्त प्राविधिक संयन्त्रका विगतका बैठकको समीक्षा, भावी योजना र रणनीतिबारे पनि मन्त्रीस्तरीय बैठकमा छलफल हुनेछ । बिबिआइएनअन्तर्गत मोटर भेइकल एग्रिमेण्टलाई कार्यान्वयन गर्ने सम्बन्धमा पनि दुई देशबीच सहमति हुने अपेक्षा गरिएको छ । भूटानले बिबिआइएनलाई अझै अनुमोदन गरिनसकेकाले भावी रणनीतिबारे नेपाल र बङ्गलादेशबीच छलफल भने हुनेछ ।

नेपाल भ्रमण वर्षमा अधिकभन्दा अधिक बङ्गलादेशी नागरिकलाई नेपाल भ्रमणका निम्ति अभिप्रेरित गर्न नेपाली प्रतिनिधिमण्डलले अनुरोध गर्नेछ भने आगामी चैत २० देखि २२ गतेसम्म हुने अन्तर्राष्ट्रियस्तरको सगरमाथा संवादमा ढाकाबाट उच्चस्तरीय सहभागिताका निम्ति मन्त्री ज्ञवालीले सम्बद्ध पदाधिकारीलाई आमन्त्रण गर्ने छन् ।

बङ्गलादेश सरकारले नेपाललाई चटगाउँ र मोङ्ला बन्दगाहका साथै काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्ध सतहमार्गबाट पारवहन सुविधा उपलब्ध गराएको छ । ढाकाले नेपाललाई अतिरिक्त रेल करिडोर रोहनपुर–सिंहबादबाट पनि प्रदान गरेको छ । बङ्गलादेशको राष्ट्रिय ध्वजाबाहक विमान बङ्गलादेश र निजी क्षेत्रको वायुसेवा कम्पनी युनाइटेड एयरवेज्ले दैनिकरुपमा ढाका–काठमाडौँ उडान गरेर नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याएका छन् भने जनस्तरको द्विपक्षीय सम्बन्ध विस्तारमा योगदान गरेका छन् ।

प्राविधिक सहयोगअन्तर्गत बङ्गलादेशले सन् १९७७ देखि उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीलाई चिकित्सा शास्त्रमा हरेक वर्ष छात्रवृत्ति प्रदान गरेर दक्ष प्राविधिक जनशक्ति उत्पादनमा भरथेग गरिरहेको छ । निजी खर्चमा नर्सिङ, दन्त चिकित्सा, इञ्जिनीयरिङ र अन्य विधामा नेपालीले उच्च शिक्षा हासिल गरिरहेका छन् भने हाल बङ्गलादेशका विभिन्न विश्वविद्यालयमा २५०० नेपाली अध्ययनरत छन् ।