९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोभिड–१९ ‘ठूलो स्वास्थ्य सङ्कट’ : राष्ट्रपति सी

अ+ अ-

बेइजिङ । चीनमा २ हजार ४०० भन्दा बढीको ज्यान लिएको नयाँ कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण चीनमा कम्युनिष्ट पार्टीको शासन सुरू भएपछिको ‘सबैभन्दा ठूलो स्वास्थ्य सङ्कट’ भएको चिनियाँ राष्ट्रपति सी चिनफिङले आइतबार बताएका छन् ।
चीनमा माओत्सेतुङको नेतृत्वमा चिनियाँ सांस्कृतिक क्रान्ति सफल भएसँगै सन् १९४९ मा कम्युनिष्ट शासन सुरू भएको थियो ।

सङ्क्रमण नियन्त्रणका लागि चीनले देखाएको तदारूकताबीच पनि रोगलाई नियन्त्रणमा ल्याउन कठिनाई भएकोतर्फ सङ्केत गर्दै उनले भने, ‘चीनले ‘सतहमा देखिएको प्रष्ट कमजोरी’ बाट सिक्नु जरूरी हुनेछ ।’

चीनको राज्य सञ्चलित टेलिभिजन च्यानल सीसीटीभीले प्रशारण गरेको रिपोर्टमा बताइए अनुसार सीले भने, ‘ कोभिड–१९ को प्रकोप शीघ्र र ठूलो क्षेत्रमा भएका कारण यसको रोकथाम तथा नियन्त्रणमा निकै कठिनाई भएका हो

‘यो हाम्रा लागि एउटा सङ्कट अनि ठूलो परीक्षण हो,’ उनले भने ।

चीनमा कोभिड–१९ का कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या चीनमा मात्रै दुई हजार ४०० पुगेको र मुख्यभूमि चीनमा ७७ हजारभन्दा बढीमा उक्त भाइरसको सङ्क्रमणको पुष्टि भएपछि चिनियाँ राष्ट्रपति सी चिनफिङको यो प्रतिक्रिया आएको छ । यसैबीच चीनमा भने कोरोना भाइरस सङ्क्रमणका नयाँ विरामीको सङ्ख्यामा पछिल्ला केही दिन यता घट्दो क्रममा देखिएको छ ।

राष्ट्रपति सीले आइतबार पहिलो पटक कोरोना भाइरस सङ्क्रमणको महामारीले ‘निश्चितरूपमा अर्थतन्त्र र समाजलाई व्यापक असर पार्ने’ बताएका छन् । यद्यपि यसको असर ‘छोटो समयका लागि रहने अर्थात् यसको नियन्त्रण सम्भव’ भएको उनले बताए । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस