२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकास र समृद्धि नेपाली जनताको हातमा छ : मुख्यमन्त्री राई

अ+ अ-

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले वर्तमान अवस्थामा नेपाली जनता स्वयं सार्वभौम रहेका कारण अहिले देशको विकास र समृद्धि पनि नेपाली जनताको हातमा रहेको कुरा बताएका छन् ।

आज उदयपुर जिल्लाको रौतमाई गाउँपालिकास्थित ऐतिहासिक तथा धार्मिक पर्यटकीयस्थल रौता पोखरी क्षेत्र आसपासमा रणसार्दूृल गण नेपाली सेनाद्वारा आयोजित वृक्षरोपण कार्यक्रममा उनले विकसित मुलुकमा हिजोको इतिहास हेर्दा शुरुमा उनीहरुले हातेमालो गरेर नै आज विकासित बन्न पुगेको धारणा राखे । मुख्यमन्त्री राईले नेपालमा पनि धेरै साधनस्रोत रहेका कारण जनताले हातेमालो गरेर अगाडि बढे नेपाल १० वर्षभित्र दक्षिण एशियाको समृद्ध राष्ट्र बन्न सक्ने जिकिर गरे ।

सरकारको मात्र मुख ताक्नुभन्दा जनताले पनि हातेमालो गरेर अगाडि बढ्न प्रयास गर्दै सरकारलाई सहयोग गरे नेपालमा विकासले फड्को मार्ने उनको भनाइ थियो । नेपाली सेनाले सरकारलाई देशको सुरक्षा गर्न र विकास गर्न ठूलो सहयोग गरिरहेको भन्दै सेनाको विकास कार्यको मुख्यमन्त्री राईले खुलेर प्रशंसा गरेका छन् ।

कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापाले नेपाली सेना देश र नेपाली जनताको साझा सेना भएको कारण देशको रक्षा गर्न र देश विकासमा जनता र सरकारलाई सहयोग गर्दै आएको भन्दै जहिल्यै पनि विकासमा हातमालो गर्न सेना तयार रहेको बताए ।

आज नेपाली सेनाको संयोजकत्वमा उदयपुरको धार्मिक तथा पर्यटकीयस्थल रौता क्षेत्रको ५०० रोपनी क्षेत्रफल जग्गामा नेपाली सेनाले छ हजार ३०० बिरुवा रोपेर रौता क्षेत्रलाई हरितकण विकासमा अगाडि बढाएको सेनाले बताएको छ ।

रौतामा गरिएका वृक्षारोपणका बिरुवामा नास्पाति, तेजपात र टिम्मुर प्रजातिका बिरुवा रहेको नेपाली सेना रणसार्दूल गण गाईघाट बोक्सेका प्रमुख भैरवबहादुर थापाले बताए।