काठमाडौं । ठेकदार मनोज भेटवालले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । उनले महानगरीय प्रहरी परिसर, टेकु पुगेर आत्मसमर्पण गरेका हुन् ।
उच्च अदालत, पाटनले उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । तर, भेटवाल भारतका विभिन्न सहरमा लुकेर बसेका थिए । चन्द्र तामाङको किटानी जोहरीमा भेटवालले ७५ लाख रुपैयाँ ठगी गरेको उल्लेख छ ।
यसअघि उनलाई एपेक्स डेभलपमेन्ट बैंकमा भएको डेढ अर्ब बढी घोटाला प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले पक्राउ गरेको थियो ।







