२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल सरकारका अधिकृत जातीय छुवाछुतको कसूरमा पक्राउ, कारबाही गर्न सांसदहरुको माग

अ+ अ-

काठमाडौं । जातीय छुवाछुतको कसुरमा नेपाल सरकारका एक अधिकृत पक्राउ परेका छन् । हालै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भइ आएका अधिकृत श्रीकृष्ण बिडारी जातिय छुवाछुत गरेको आरोपमा मंगलबार पक्राउ परेका हुन् ।

बिडारीले बालाजुस्थित आफ्नो घरमा डेरा गरी बसेकी महिलामाथि छुवाछुतको भेदभाव गरेको बताइएको छ । उनले घरमा भाडामा बस्ने महिलालाई पानी छोएको निहुँमा भेदभाव गरेको आरोप डेरा गरी बस्दै आएकी महिलाले लगाएकी छन् । पानी छोएको निहुँमा डेराबाट निकाल्न खोजेको महिलाको आरोप छ ।

महिलाले उजुरी दिएपछि बिडारीकी श्रीमती पक्राउ परेकी थिइन् । बिडारी भने मंगलबार प्रहरीमा स्वयम् उपस्थित भएका थिए । आफ्र प्रहरीमा उपस्थित भएका बिडारीलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

मंगलबार नै दलित समुदायबाट प्रतिनिधित्व गर्ने सांसदहरुले गृहमन्त्री रामबहादुर थापालाई घटनाबारे जानकारी गराएका थिए।

बिडारीलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाउन पनि उनीहरुले माग गरेका थिए।