२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५ को सरुवासहित ३७ सहसचिवको पदस्थापन

अ+ अ-

काठमाडौँ । सरकारले पाँच जना सहसचिवको सरुवा गरेको छ भने हालै सहसचिवमा बढुवा भएका ३७ जनाको विभिन्न मन्त्रालय र अन्तर्गतका निकायहरुमा पदस्थापन गरेको छ ।

सरुवा हुनेमा अर्थ मन्त्रालयका सहसचिव डा. रामप्रसाद घिमिरेलाई प्रदेश २ को सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएको छ । यसै गरी प्रदेश २ का सामाजिक विकास मन्त्रालयका भरतमणि सुवेदीलाई प्रदेश ५ को मुख्यमन्त्री कार्यालयमा सरुवा गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेललाई विराटनगर महानगरपालिकामा, राष्ट्रिय महिला आयोगका दीपेन्द्र काफ्ले तथा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीप्रसाद अधिकारीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यस्तै बढुवा भएकामध्ये सुरेशप्रसाद नेपाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, भेषबहादुर कार्कीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, बैकुण्ठनिधिशर्मालाई जितपुर सिमरा उपमहानगरपालिकामा, ध्रुवकुमार पोखरेललाई पोखरा महानगरपालिकामा, भीमसेन तिमिल्सिनालाई थारू आयोगमा, शान्ता अधिकारीलाई राष्ट्रिय महिला आयोगमा, ध्रुव गैँडालाई प्रदेश २ को प्रदेश प्रमुखको कार्यालयमा, कैलाशराज पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदस्थापन गरिएको छ ।

यसै गरी कृष्णप्रसाद पराजुलीलाई प्रधानमन्त्री कार्यालयमा, शैलजा रेग्मीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा, सरोजप्रसाद गुरागाईंलाई गृह मन्त्रालयमा,बाबु राजा श्रेष्ठलाई नेपाल ट्रस्टको कार्यालयमा, राजीव पोखरेललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा, शिवादेवी दाहाल र शम्भु मरासिनीलाई अर्थ मन्त्रालयमा पदस्थापन गरिएको छ ।

दीपकराज नेपाल, पुण्यविक्रम पौडेल, केशवप्रसाद बिमली, ज्ञानप्रसाद ढकाल, शंकरहरी आचार्य, वासुदेव दाहाल, योगेन्द्रप्रसाद पाण्डे, हरिप्रसाद घिमिरे, दीपककुमार पहाडी, कोशहरि निरौला, अर्जुनकुमार शर्मा, हिरालाल रेग्मीलाई गृह मन्त्रालयमा पदस्थापन गरिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ख्यालबहादुर थापालाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, शङ्कर नेपाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, विदुरप्रसाद खनाललाई धरान उपमहानगरपालिका, कृष्णबहादुर बोहरालाई धनगढी उपमहानगरपालिका, नरनाथ गिरीलाई इटहरी उपमहानगरपालिका, कृष्णप्रसाद लम्साललाई लोक सेवा आयोग, ओमबहादुर खड्कालाई नेपालगन्ज उपमहानगरपालिका, प्रदीपराज अधिकारीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कविराज पौडेललाई हेटौँडा उपमहानगरपालिका, भूमिराज शर्मालाई वीरगन्ज महानगरपालिकामा पदस्थापन गरिएको छ ।