२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्यकर्मीको समायोजन र पदस्थापन रोकियो, करारका कर्मचारी म्याद थप्ने

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन तथा पदस्थापन भएका स्वास्थ्यकर्मीको रमाना रोक्ने निर्णय गरेको छ ।

बुधवार मन्त्री स्तरीय निर्णय गर्दै हाल समायोजन भई कार्यरत रहेका सङ्घ, प्रदेश र स्थानीय तहका स्वास्थ्यकर्मीहरुलाई समायोजन र पदस्थापन भएको स्थानमा जान रमाना रोकी कार्यरत निकायबाटै तलवभत्ता खानेगरी कामकाज लगाउन भनेको हो ।

विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरस(कोभिड–१९)लाई महामारी घोषणा गरिसकेको र छिमेकी मुलुकमा यसको प्रभाव परिसकेकोले नेपालमा सङ्क्रमण हुन नदिन र विस्तार रोक्न भन्दै विभिन्न तीन वटा निर्णय गरेको मन्त्रालयले अधिकृत सातौँ स्तर सम्मका सम्बन्धित स्वास्थ्यकर्मीहरुलाई कामकाज खटाउने अधिकार स्वास्थ्य सेवा विभाग र औषधि व्यवस्था विभागलाई दिने निर्णयसमेत गरेको छ ।

त्यसै गरी करार वा छात्रवृत्ति करारमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई चालु आर्थिक वर्षसम्म तलब भत्ताको आवश्यक व्यवस्था गरी म्याद थप गर्ने अधिकार विभागीय प्रमुख तथा कार्यालय प्रमुखलाई निर्णय भएको छ ।

हेर्नुहोस् निर्णय