९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबै विदेशीलाई निशुल्क उपचार गर्न साउदी राजाको आदेश

अ+ अ-

काठमाडौँ । साउदी अरबका राजाले त्यहाँ ओभरस्टे भएका, गैरकानूनी वा जुनसुकै अवस्थामा रही कोरोनाको लक्षण देखिएका विदेशी नागरिकहरुको निःशुल्क उपचार गर्ने आदेश दिएका छन्।

साउदीस्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै सो कुराको जानकारी गराएको हो।

साउदी अरबका दुई पवित्र मस्जिदहरुका संरक्षक साउदी राजा सलमानले साउदी अरबमा ओभरस्टे भएका लगायत सबैलाई कोरोना संक्रमणसँग सम्बन्धित उपचार निःशुल्क गर्न आदेश जारी गरेको दूतावासले जानकारी दिएको हो।

यो आदेशबाट साउदी अरबमा भिषा कानून उल्लंघन गरी बसेका नागरिकहरुले समेत फाइदा लिन सक्नेछन्। साउदी राजाको आदेशसँगै साउदीका स्वास्थ्य मन्त्रीले कोरोना भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका सबैले अस्पताल गएर परीक्षण गराउन सकिने बताएका छन्।

साउदीले जारी गरेको तथ्यांक अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या १४५३ पुगेको छ। कुल संक्रमितहरु मध्ये हालसम्म ११५ जना निको भएका छन् र ८ जनाको संक्रमणबाट निधन भएको छ।

प्राप्त जानकारी अनुसार अहिले सम्म नेपालीहरूमा संक्रमण छैन । राहदानी नवीकरण गर्ने आवेदन भर्न राजदूतावास आउनका लागि साउदीका विभिन्न स्थानमा रहेका केही नेपालीहरुले दैनिक जसो फोन गरिरहेको पनि दूतावासले बताएको छ।

प्रतिक्रिया दिनुहोस