६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लकडाउनमा इँटा उद्योग सञ्चालित

अ+ अ-

इनरुवा । सुनसरीको दुहबी नगरपालिका ९ मा रहेको जयबाबा इँटा उद्योग र गढी गाउँपालिका १ मा रहेको आनन्द इंँटा उद्योगले लकडाउन उल्लङ्घन गरेको छ ।

कोरोना भाइरसको त्रासका कारण लकडाउन गरिएको भएपनि दुहबी ९ र गढी १ मा रहेको इँटा उद्योगले हजार भारतीय मजदूर राखेर काम गराइरहेको छ ।

इँटाभट्टमा भारतीय मजदूरले निर्बाध काम गरिरहेको र गाउँघरमा समेत पस्ने गरेका कारण आफूहरुलाई समस्या भएको स्थानीयवासी मोहमद ताविज हुसेनले बताए ।

उद्योगमा काम गर्नेमा भारत पश्चिम बंगालका मजदूर रहेको र उनीहरुले किनमेल गर्ने बहानामा गाउँ घुम्ने गरेका कारण आफूहरुमा कोरोना भाइरसको त्रास उत्पन्न भएको हुसेनले गुनासो गरे ।

दुहबी ९ का वडाध्यक्ष मेहदी हुुसेनले इँटा उद्योग सञ्चालनका विषयमा आफूलाई जानकारी नभएको बताउँदै यदि त्यस्तो पाइएमा उद्योगलाई नेपाल सरकारले लागु गरेको नियमानुसार कारवाही गरिने बताए ।

छ जना क्वारेन्टाइनमा
भारतबाट आएका ६ जनालाई सुनसरीमा रहेका क्वारेन्टाइनमा बुधबार राखिएको छ । सुनसरीको भोक्राहा नरसिंंह गाउँपालिका ६ मा रहेको क्वारेन्टाइनमा भारतको दिल्लीबाट आएका चार जनालाई राखिएको भोक्रहा नरसिंह गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख आलम अंसारीले बताए ।

त्यसैगरी हरिनगर गाउँपालिकामा रहेको क्वारेन्टाइनमा दुई जनालाई राखिएको छ । भारतको पञ्जाबबाट आएका तिनलाई सीमाबाट बुधबार नियन्त्रणमा लिएर हरिनगर १ स्थित बिजी अस्पतालमा रहेको क्वारेन्टाइनमा राखिएको हरिनगर स्वास्थ्य शाखाका प्रमुख प्रकाश थापाले बताए । रासस

प्रतिक्रिया दिनुहोस