काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लकडाउनलाई प्रभावकारी बनाउन विभिन्न १० बुँदे निर्देशन जारी गरेको छ ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को रोकथाम तथा नियन्त्रणको लागि सरकारले गरेको लक डाउनका कारण अति आवश्यक सेवा प्रदान गर्ने निकायमा कार्यरत बाहेक घरमै बसेका कर्मचारीका लागि उक्त निर्देशन जारी गरेको हो ।