२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोनाले खुसी फाट्न नदेओस्

अ+ अ-

मेरो घर नजिकै २०७६ चैत्र ६ गते कतार एयरवेजबाट आएका बाबु चैत्र ८ गते रात्रिकालीन बस चढेर घरमा आए । घरमा आए पश्चात् आफ्ना नातेदार एवं इष्टमित्र, साथीभाइसँग जसरी घुलमिल हुन्छ उनले पनि त्यसै गरे । सरकारले चैत्र ९ गते आफ्ना सीमा नाका बन्द गरे । १० गते अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गर्‍यो । ११ गते देखी देशलाई पूर्ण लकडाउनमा राख्ने घोषणा गर्‍यो । भारतबाट आउने नेपालीहरू आफ्नो घर फर्कन लर्को लाग्न थाले । सीमामा घर जान पाउँ भन्दै नाराबाजी सुरु हुन थाल्यो । अन्ततः सरकारले घरमै भए पनि क्वारेन्टाइन बस्ने गरी घर जान दिने निर्णय ग¥यो । १२ गते देखी विदेशबाट आउनेहरूलाई अनिवार्य रूपमा क्वारेन्टाइन बस्नु पर्ने सरकारले निर्णय ग¥यो । धनगढीका एक युवकलाई कोरोना पोजेटिभ देखिए लगत्तै घर छिमेकी पनि त्यही एयरवेजबाट आएको पत्तो भयो अन्ततः ती बाबुलाई होम क्वारेन्टाइनमा राख्न थालियो ।

अब त उनको होम क्वारेन्टाइन यति कडा भयो कि उनको घरको छेउमै बिहान १० बजे देखि बेलुकी ५ बजेसम्म सुरक्षाकर्मी राख्न थालियो । २३ गते उनलाई सरकारले तयार गरेको क्वारेन्टाइन दाङ लगियो । जिल्ला अस्पतालमा पिपिइ र सुरक्षा सामाग्री नभएक्रै कारण उनलाई अर्को जिल्लामा लैजानु परेको हो । क्वारेन्टाइन राख्दा एक प्रकारको सन्नाटा अवश्य छायो । त्यसमा पनि घरका छिमेकी एवं घर परिवारका अरूहरूलाई पनि कोरोनाको त्रास रह्यो नै । उनलाई जुन दिन क्वारेन्टाइन राखियो त्यस रात मलाइ खै कसरी हो खोकी लाग्यो । मेरो जीवन सँगिनीलाई पनि त्यसरी नै फुको खोकी लाग्यो । मनमा अनेक प्रकारका खुलदुली लाग्ने नै भयो । मनमा धेरै कुराहरू खेल्न थाले छेउकै पलङमा सुतेकी जीवन सँगिनी खोक्दै सुत्दै गरिन् । अनिन्द्राकै बिचमा उज्यालो भयो ।

कोरोनाको खास कुनै उपचार नभएको र जे हुन्छ त्यसैको उपचार गर्नुपर्छ भन्ने जानकारी त भयो । सामाजिक सम्बन्धको दुरी टाढा राख्नु पर्ने सम्बन्धमा पनि ठिकै होला । परिवारका प्रत्येक सदस्यलाई शङ्काको घेरा भित्र राखेर टाढै बस्नु रोग सङ्क्रमण हुनबाट बच्ने उपाएकै रूपमा लिइएको छ जसलाई आम नागरिकले सहजै रूपमा लिएका छन् तर होम कोरानटाइममा राख्नु भन्दा अगाडि राज्यले गरेको लापरबाही भने क्षमा योग्य देखिएन । होम क्वारेन्टाइन बस्नु पर्दा उनले भन्ने गरे आफ्नै सुरक्षाको लागी ठिकै होला तर नेपाल प्रवेश गर्दाकै समयमा क्वारेन्टाइन राखेको भए आम नागरिकले यो पीडा र आर्थिक क्षेती बेहोर्नु पर्ने थिएन र म आफै पनि बढी सर्र्तक हुने मौका पाउने थिए ।

अहिले पनि बेलारुसले आफ्नो राज्यमा छिर्दा बित्तिकै १४ दिन क्वारेन्टाइन राख्ने गरेको छ भने अर्कोतर्फ आम क्रियाकलाप यथावत् रूपमा चलाएको छ जसले गर्दा कम भन्दा कम मानवीय क्षेती व्यहोरेको पाइन्छ । त्यस्तै ताइवान, कोरिया, अस्ट्रेलिया, सिंगापुर जस्ता देशहरूले कोरोना फैलने कुरामा पहिले नै धेरै सचेतता अपनाएको देखिन्छ जसले गर्दा त्यहाँ मानवीय क्षेती कम भएको देखिन्छ

रोगसँगको दादागिरी  
जति बेला चीनको वुहान प्रान्तमा यो रोग फैलँदै थियो, अमेरिका बेलायत फ्रान्स जस्ता मुलुकले यसलाई हलुका तवरले हेरे । कोरोना भाइरसलाई डोनाल्ड ट्रम्प चाइनिज भाइरस भन्न थाले । अमेरिकीहरूलाई चीन विरुद्ध उग्र रूपमा उत्रन लगाइयो । यहाँ सम्मकी चिनियाँ नागरिक माथि चाइनिज भाइरस भन्दै कुटपिट पनि गर्न थाले । परिणामतः आजको मितिसम्म अमेरिकामा ५ लाख भन्दा बढी सङ्क्रमित भैसकेका छन् भने अहिलेको मृत्युको रेसियोलाई हेर्ने हो भने झन्डै ४० प्रतिशत सङ्क्रमित अमेरिकनहरूले यसै भाइरसको कारणबाट मृत्यु हुने देखिन्छ ।

व्यक्ति धनी कि राज्य धनी 
विश्वको शक्तिशाली देश अमेरिकामा कोरोनाको उपचारको लागी हम्मे हम्मे परेको देखिन्छ । वर्तमान अवस्थामा राज्य नियन्त्रित उद्योगहरू नभएकै कारण तत्काल उपचार गर्न भेन्टिलेटरको अभाव अमेरिकामा देखियो । त्यहाँका व्यापारीहरूले सबै भेन्टिलेटर अन्य मुलुकमा बिक्री गरिसके । अहिले अमेरिकालाई चीनले नै एक हजार थान भेन्टिलेटर पठाइरहेको छ । मलेरियाको लागी चाहिने भ्याक्सिन भारतसँग धम्कीपुर भाषामा मागेको देखिन्छ । तर पनि अमेरिकी नेतृत्वले आम नागरिकको विश्वास लिन सकेको देखिँदैन, जसका कारण अत्यधिक मानवीय क्षति व्यहोरेको छ भने जर्मन, क्यानडाले अर्को ट्रिक चालेको पाइन्छ र जसका कारण सङ्क्रमितको ४ प्रतिशतसम्म मृत्युवरण गरेको पाइन्छ । कोरोनाको उद्गम स्थल चीनमा अहिले सङ्क्रमितको सङ्ख्या आजको मितिसम्म ८५००० पनि छैन तर अमेरिकामा ५ लाख भन्दा बढी सङ्क्रमित भइसकेका छन् । यो क्रम दिन प्रतिदिन बढी रहेको छ । चीनको पहिलो सङ्क्रमित बुहान सहरमा लकडाउन हटाइसकेको छ र उक्त सहरमा कुनै पनि विदेशीलाई जान अहिले प्रतिबन्ध लगाइएको छ । कतिपय मुलुकमा कर्फ्यु र लकडाउन पनि लगाइएको छ ।

हाम्रो देशमा के भइरहेको छ ?
नेपालले विपद् खेपेको धेरै समय भएको छैन । विगत ४ वर्षको अवधिमा नाकाबन्दी, भूकम्पले पनि क्षत विक्षत भइसकेको हो । पुनः निर्माणको काममा पनि पुनः निर्माण गर्नेतर्फ भन्दा राजनीतिक दाउपेचमा नै अल्झिरहो । चीनको वुहानमा रोगको महामारी तीव्र रूपमा बढी रहँदा चिन सरकारले पुरै सहर लकडाउन गर्याे र १० दिन भित्र एक हजार बेडको सुविधायुक्त अस्पताल पनि बनायो । चीनमा रोग नियन्त्रण गर्ने सम्बन्धमा भ्रष्ट्राचारको गन्ध पनि आएन तर नेपालले चीनले गरेको उक्त कार्यलाई ३ महिनासम्म टुलु टुलु कानमा तेल हालेर बस्यो । वुहानमा अध्ययनमा रहेका एक सय ८० बिद्यार्थिलाई नेपालसम्म ल्याउनलाई पनि कठिन यात्राको महसुस गर्न पुग्यो । जे भए पनि त्यहाँका बिद्यार्थिहरुलाई जेनतेन ल्याउन सफल रह्यो र भक्तपुरको परिपाटीमा १४ दिनसम्म क्वारेन्टाइन राखेर आ–आफ्नो घर पठायो ।

नेपालले सोही बेला देखी नै आफ्ना नागरिकप्रति चासो राखेको भए पछिका दिनमा स्वास्थ्य सामाग्रीको लागी कुनै समस्या पर्ने थिएन तर त्यसको साटो स्वास्थ्य सामाग्री किन्नकै लागी मन्त्रीहरू नै भ्रष्टाचारमा संलग्न हुन पुगे । मुलुकमा कोरोनाको प्रकोप नियन्त्रणका नाममा कमाऊ धन्दातर्फ अगाडि बढेको देखियो । कहिले स्वास्थ्य मन्त्रालयले खरिद गर्ने, कहिले सेनाले खरिद गर्ने, कहिले जी टु जी मार्फत खरिद गर्ने, कहिले निजी क्षेत्रबाट सार्वजनिक खरिद ऐन बमोजिम खरिद गर्ने जस्ता अस्थिर खालका निर्णयहरू गरेर नागरिकप्रति कर्तव्य बोध पनि गरेको देखिएन ।

प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेजमा पोस्ट गरेका कुराहरू पनि हामीले होइन भन्दै उल्टो सञ्चार माध्यमहरूप्रति आक्रोश पोखेको देखियो । नैतिकता र नागरिकप्रतिको मर्यादालाई तिलाञ्जली दिएको देखियो । बहुमतको सरकारका नाममा हुकुमी शासनको रूपमा अगाडि बढ्दै गरेको पाइयो । मन्त्री एवं सल्लाहाकारहरुले सञ्चार माध्यमबाटै धम्कीपूर्ण भाषाहरू बोल्न थालियो । सत्तामा बस्नेको सामन्ती मानसिकता झन् बढेर गइरहेको छ । त्यस्तो कार्यप्रति सरकार सच्चिन जरुरी देखिइसकेको छ ।

सरकारले लकडाउन गरेको सम्बन्धमा आम नागरिक सहमत छन् । सम्पूर्ण प्रतिपक्षी राजनीतिक पार्टीहरू सकारात्मक तवरले सहयोग गरिरहेका छन् तर सरकारले चाल्नुपर्ने कदम एक पछि अर्को गर्दै कछुवाको गतिमा चलेको छ । स्वार्थ र कमाएको पछाडि सरकार लाग्न थालेको हो भने तिमीहरूले कमाएको पैसा सडकमा फाल्नु पर्नेछ । जीवन नै नरहेको अवस्थामा इटालीका नागरिकले पैसा फाले झैँ फाल्नु पर्ने हुन जान्छ । सरकार इमानदार बनेर जाऊ , जनताले विश्वास गरेर आवधिक निर्वाचनमा झन्डै २ तिहाइको नजिक बहुमत दिएर पठाएका हुन् । नेपाली जनताको खुसी र समृद्धिको चाहनालाई कुनै पनि कोणबाट कोरोनाको नाममा खुसी फाट्न नदिइयोस् । नेपाली जनता संयमित छन् । आम नागरिकको सुरक्षाको लागी फेरी पनि लकडाउनमै बस्न तयार छन् । आफ्नै गल्तीले धैर्यताको बाँध नफुटाइयोस् । नयाँ वर्ष २०७७ ले कोरोना भगाओस् शुभकामना ।