१५ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीपीडित भन्सार कर्मचारीका परिवारलाई सहजीकरणको लागि कार्यदल गठन गर्न निर्देशन

अ अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी-रसुवा बाढीमा ज्यान गुमाएका र बेपत्ता भएका भन्सार कर्मचारीका परिवारलाई सहजीकरण गर्न विशेष कार्यदल गठन गर्न निर्देशन दिएका छन्। 

बिहीबार अर्थ मन्त्रालयमा पीडित परिवारसँगको सामूहिक भेटमा उनले शिक्षा, भरण-पोषण र रोजगारीसँग सम्बन्धित आवश्यकतालाई प्राथमिकतामा राखेर सहयोग अघि बढाउने बताएका छन्।

रसुवा भन्सार कार्यालयमा कार्यरत १५ कर्मचारीका परिवारले भेटका क्रममा आफ्ना समस्या र प्रारम्भिक मागपत्र मन्त्रीसमक्ष प्रस्तुत गरेका थिए। मन्त्री वाग्लेले कानुनबमोजिम सम्बोधन गर्न सकिने माग छिट्टै अघि बढाउने र कानुन संशोधन आवश्यक पर्ने विषयमा सम्बन्धित मन्त्रालयसँग समन्वय गर्ने बताएका छन्।

राजस्व संकलनको जिम्मेवारी लिएर कार्यक्षेत्रमा खटिएका कर्मचारीलाई अकल्पनीय विपत्तिमा गुमाउनुपर्दा मन्त्रालय र भन्सार प्रशासनसमेत पीडामा रहेको उनले बताएका छन्।

“तपाईँहरू एक्लो हुनुहुन्न। हामी तपाईँहरूको साथमा छौँ”, वाग्लेले भनेका छन्।

उनले परिवारका सदस्यलाई आफ्ना समस्या मन्त्रालय र भन्सार विभागमा खुलस्त राख्न आग्रह गरेका छन्। परिवारले भोगेको अपूरणीय क्षतिको पूर्ति सम्भव नभए पनि आगामी दैनिकी र भविष्य सहज बनाउन सहयोगलाई उच्च प्राथमिकता दिने उनको भनाइ छ।

घटना दर्ता र बालबालिकाको छात्रवृत्तिलगायत विषयमा मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको वाग्लेले बताएका छन्। बेपत्ता कर्मचारीको खोजीमा सुरक्षाकर्मी अझै परिचालन भइरहेको जानकारी दिँदै उनले परिवारको सहजीकरणको लागि कार्यदल गठन गर्न मन्त्रालय प्रशासनलाई निर्देशन दिएका हुन्।

भेटमा परिवारका सदस्यहरूले घरपरिवारको मुख्य सहारा गुमाएपछि र आफन्त बेपत्ता भएपछि भोग्नुपरेका कठिनाइ सुनाएका थिए।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा रसुवा भन्सार कार्यालयमा कार्यरत नकुल शर्मा, राजेन्द्रकुमार सोनकर, विकास तामाङ, विष्णुप्रसाद भुसाल, भीमबहादुर लामा, दिनेश घिमिरे, अनिता पुरी, प्रेमप्रसाद सेढाई, गोविन्द अधिकारी, सुनिल गुरुङ, नरेशदत्त जोशी, राजु ओली, राम नेपाली, विमल त्रिपाठी र हरिबहादुर खड्का परेका थिए।

उनीहरूमध्ये भन्सार अधिकृत नकुल शर्माको शव फेला परेपछि अन्तिम संस्कार गरिएको छ। बाँकी १४ जना अझै बेपत्ता छन्।

0 Comments