२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना महामारीका बेला सम्पन्नलाईमात्र प्राथकिता दिए अस्थिरता निम्तिने आईएमएफको चेतावनी

अ+ अ-

वासिङ्टन । कोरोना भाइरस(कोभिड–१९) महामारी न्यूनीकरणका लागि गरिने सहयोगले सम्पन्नहरूलाई मात्रै प्राथमिकता दिएमा सामाजिक अस्थिरता निम्तिन सक्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चेतावनी दिएको छ ।

मुदा्रकोषको बुधबार सार्वजनिक प्रतिवेदन अनुसार विश्व भरका सरकारहरुले आर्थिक क्षति न्यूनीकरणका लागि ८० खर्ब अमेरिकी डलर खर्च गरिसकेको छ । प्रतिवेदनमा खर्चमा हुने वृद्धिका कारण वित्तीय घाटा बढ्नेसमेत उल्लेख गरिएको छ । विश्वभरका सरकारको सार्वजनिक ऋण १३ प्रतिशत बढेर सन् २०२० मा कुल गार्हस्थ्य उत्पादनको ९६ प्रतिशतभन्दा बढी हुने मुद्रा कोषले जनाएको छ ।

मुद्रा कोषले मंगलबार कोभिड–१९ महामारीका कारण विश्व अर्थतन्त्र ३ प्रतिशतले खुम्चने प्रक्षेपण गरेको थियो ।

कोषका वित्तीय मामिला विभाग निर्देशक भिटोर गास्परका अनुसार लकडाउनकारण महामारीको प्रभाव नियन्त्रणमा आएपछि अस्थिरता निम्तिन सक्ने देखिएको छ । उनले विगतका केही वर्षमा विश्वका विभिन्न भागमा दर्जनौं विरोध प्रदर्शन भएको सन्दर्भमा थप अस्थिरता हुन दिन नीति निर्माताहरूले संकट समाधानको उपाय पत्ता लगाउन प्रभावित समुदायहरूसँग संवाद गर्नुपर्ने बताएका छन् ।

लकडाउन सुरु भएसँगै भारतमा बेरोजगारी दर दोब्बर बढेर १४.५ प्रतिशत पुगेको छ ।

लकडाउनका कारण दैनिक ज्यालादारीमा काम गर्ने मजदुर सबैभन्दा बढी प्रभावित भएको र धेरैले छाक टार्न समस्या भोगिरहेको विश्व बैंकका एक अधिकारीको भनाइ छ । यसअघि भएका संकट र विपद्ले मानवबीच सद्भाव बढाए पनि योपटक भनेनतिजा फरक हुन सक्ने कोषकी प्रमुख अर्थशास्त्री गीता गोपीनाथले बताइन् । उनले रोयटर्सलाई भनिन्, ‘यो संकटको व्यवस्थापन राम्ररी नभए र जनतालाई पर्याप्त सहयोग नदिएको भन्ने भावना भए सामाजिक अस्थिरता निम्तिन सक्छ,’

भविष्यमा हुन सक्ने सामाजिक अस्थिरता रोक्न सहुलियत ऋण र ऋण सहुलियतमार्फत अन्तर्राष्ट्रिय समुदायले गरिब देशहरूका लागि सहयोगी भूमिका खेल्नुपर्ने उनले बताइन् ।

कोषको प्रतिवेदनमा विश्वभरका सरकारले प्रत्यक्ष बजेटबाट ३३ ट्रिलियन डलर, सार्वजनिक क्षेत्र ऋण र स्वपुँजीबाट १.८ ट्रिलियन डलर र २.७ अर्थ डलर जमानी र २.७ ट्रिलियन डलर सर्तसहितको दायित्वमार्फत खर्च गरेको जनाइएको छ ।

विश्वव्यापी कुल गार्हस्थ्य उत्पादनको २.५ प्रतिशत मात्रै सरकारी राजस्व उठ्ने प्रतिवेदनमा जनाइएको छ, जुन अक्टोबरमा गरिएको प्रक्षेपणभन्दा कम हो ।

विश्वभरका सरकारले कोभिडविरुद्धको लडाइँमा कति रकम खर्चिनुपर्छ भन्ने अहिले नै यकिन गर्न नसकिए पनि महामारीको प्रभाव सकिएपछि आर्थिक पुनरुत्थानका लागि बृहत् आर्थिक राहत आवश्यक पर्ने गास्पर बताउँछन् ।