९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राहतस्वरुप कुहिएको दाल बाँड्ने जनप्रतिनिधि र कर्मचारीसहित ५ पक्राउ

अ+ अ-

बारा । लकडाउनको समयमा राहतस्वरुप कुहिएको दाल बाँड्ने जनप्रतिनिधि र कर्मचारी सहित पाँच जना पक्राउ परेका छन् । गरिब विपन्नलाई गुणस्तरहीन दाल खरिद गरी राहत स्वरुप बाँडेको आरोपमा कलैया उपमहानगरपालिकाका दुई वडाध्यक्ष र एक वडा सचिवसहित पाँच जना पक्राउ परेका हुन् ।

कलैया उपमहानगरपालिका वडा– १ का वडाध्यक्ष हरिओम साह, वडा नं. ७ का अध्यक्ष सर्फुल्लाह अन्सारी, कलैया–२० का वडा सचिव खेदु मियाँसँगै कलैया–७ स्थित यादव आइस एन्ड कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादव र वीरगन्जस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैनलाई आइबार प्रकाउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

बारा प्रहरीले मिल सञ्चालक जैनलाई काठमाडौंको कीर्तिपुर नगरपालिका–२ स्थित घरबाट र अन्यलाई जिल्लाबाटै नियन्त्रणमा लिइएको हो।

कलैया उप महानगरपालिकाले चैत २६, २७ र २८ गते लगातारको लकडाउनका कारण प्रभावित वडा नं १, ७, ११, २०,२१, २२,२४, २६ र २७ नं वडाका परिवारलाई अत्यन्तै न्युन गुणस्तरको खाद्य वस्तु वितरण गरेको थियो।

कलैया उपमहानगरले आधा दर्जन वडाका सयौं परिवारलाई कुहिएको दाल बाँडिएको गुनासो आएपछि स्थानीय प्रशासनले कोल्डस्टोरबाट र राहत बाँडेको दाल परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाएको थियो।

गुण नियन्त्रण कार्यालयले दाल गुणस्तरहीन भएको पुष्टि गरेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

प्रहरीले कोल्डस्टोरमा भण्डारण गरिएको ३ सय ८० बोरा दाल चैत २९ गते सिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस