२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन बारे निर्णय हुँदै

अ+ अ-

काठमाडौँ । मन्त्रिपरिषद् बैठक आइतबार(आज) बस्दै छ ।

प्रधानमन्त्री निवासमा बस्ने बैठकले लकडाउन थप्ने या खुकुलो बनाउने भन्ने बारेमा छलफल हुने बताइएको छ । मन्त्रिपरिषद्‍को बैठक दिउसो २ बजे बस्ने भएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिवार(हिजो) बिहानको बैठकले लकडाउनको मोडालिटी बारे टुङ्गो लगाउन मुख्यसचिव लोक दर्शन रेग्मी नेतृत्वको कार्यदललाई जिम्मा दिएकोमा कार्यदलले एक हप्ता बढाउन सुझाएको थियो ।

स्रोतका अनुसार सरकारले स्वरूप परिवर्तन गरेर भए पनि लकडाउन लम्ब्याउने तयारी गरेको छ।

सरकारले आन्तरिक तथा बाह्य हवाई उडानमाथिको रोक पनि जेठ २ गतेसम्म कायम राख्ने निर्णय यसअघि नै गरिसकेको छ ।

हालसम्म कोरोना विरुद्ध सरकारले गरेको तयारी सफल भएको निष्कर्ष निकाल्दै उपत्यकासहित सहरी क्षेत्रमा लकडाउन यथास्थितिमा कायम राख्ने तर हिमाली जिल्लामा परीक्षणका रूपमा केही खुकुलो बनाउन सकिनेबारे छलफल भएको छ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी कदमसँगै नेपाल सरकारले चैत ११ गतेदेखि नेपालमा लकडाउन गरेको छ ।

सरकारले जारी गरेको लकडाउनको अवधि वैशाख १५(भोली) सकिदैछ ।