२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बढी मूल्य लिने भाटभटेनीको बचाउमा विज्ञप्ति जारी गर्ने काष्ठमण्डप खाद्य उद्योगलाई पनि ३ लाख जरिवाना

अ+ अ-

काठमाडौँ । भाटभटेनीको बचाउमा विज्ञप्ति जारी गर्ने काष्ठमण्डप खाद्य उद्योग, टेकु पनि कारबाहीमा परेको छ ।

एक सय २० रुपैयाँ पर्ने लाखामारीलाई दुई सय २० रुपैयाँमा विक्री गर्ने टंगालस्थित भाटभटेनीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन लाख रुपैयाँ जरिवाना गरेसँगै भाटभटेनीको बचाउमा काष्ठमण्डप खाद्य उद्योगले विज्ञप्ति जारी गर्दै आफ्ना कामदारका गल्तीले एमआरपीको ट्याग गलत लागेको भन्दै विज्ञप्ति जारी गरेको थियो ।

केही दिन अघि खरीद मूल्य प्रतिगोटा १२० रहेकामा भाटभटेनीले २२० लिएको पाएपछि विभागले कारवाही गरेको थियो ।

सम्बन्धित समाचार : बढी मूल्य असुल्ने भाटभटेनीलाई तीन लाख जरिवाना, सक्रियता अझ बढाउँदै विभाग

लकडाउनको अवधिमा अनुगमन तीव्र बनाएको विभागको टोली उद्योगमा पुग्दा पुरानो स्टकको लाखामारी आपूर्ति गरेको भेटेपछि उद्योगलाई पनि जरीवाना गरेको विभागले जनाएको छ ।

काष्ठमण्डप खाद्य उद्योगले म्याद नाघेको तयारी खाद्य पदार्थ बिक्री गरेको पाइएकोले उपभोक्ता संरक्षण ऐनबमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेको कसुरमा ३ लाख जरिवाना गरिएको विभागले जनाएको छ ।

उद्योगलाई उपभोक्ता संरक्षण ऐन २०७५को१६(२)(क)बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकोले ३८(ङ)को कसुरमा३९-१(ख)बमोजिम रु ३ लाख जरिवाना गरिएको छ ।

देशकै ठूलो सुपरमार्केटले संकटका बेला पनि कालोबजारी गरेको भन्दै चौतर्फि आलोचनापछि भाटभटेनीले एक विज्ञप्ति जारी गर्दै त्यसको दोष काष्ठमण्डपलाई दिएर चोखिन खोजेको थियो । यद्यपी उसले आफूबाट गल्तिभएको स्वीकार गरेको थियो ।

सम्बन्धित समाचार : भाटभटेनीले भन्यो -‘प्राविधिक र कानुनी रूपमा गल्ती नै हो, हामी स्वीकाछौँ’