२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गभर्नर अधिकारीद्वारा सम्पत्ति विवरण सार्वजनिक[विवरणसहित]

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । एक महिनाअघि चैत २४ गते केन्द्रीय बैङ्कको गभर्नरमा नियुक्त भएका उनले राष्ट्र बैङ्कको वेबसाइटमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

सार्वजनिक विवरण अनुसार गभर्नर अधिकारीको कतै आफ्नो तथा कतै श्रीमती सरिता अधिकारीको नाममा १० ठाउँमा जग्गा रहेको उनको सम्पत्ति विवरणमा देखिएको छ ।

गभर्नर अधिकारीको ललितपुरको सैँबुमा २२०० वर्ग फिटमा बनेको घरसमेतको जग्गा रहेको छ भने झापामा ४ ठाउँमा, ललितपुरको ५ ठाउँमा र मकवानपुरको एक ठाउँमा जग्गा रहेको छ ।

अधिकारीले चल सम्पत्तिको रूपमा सुन २७ तोला, चाँदी ५० तोला र नगद १८ हजार रुपैयाँ रहेको उल्लेख गरेका छन् ।

बैङ्क तथा वित्तीय संस्थाको खातामा भने करिब १६ लाख रुपैयाँ भन्दा बढी रकम रहेको उनले उल्लेख गरेका छन् । उनले विभिन्न कम्पनीहरूको एक करोड बढीको सेयर रहेको समेत आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।