२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लकडाउन केही खुकुलो बनाउने सरकारको निर्णय, यी हुन् सञ्चालनमा आउने क्षेत्रहरू

अ+ अ-

काठमाडौँ । सरकारले अत्यावश्यक क्षेत्रका लागि लकडाउन केही खुकुलो बनाउने निर्णय गरेको छ। बुधवार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय गर्दै केही क्षेत्रहरू सर्तसहित खुकुलो बनाएको हो।

सर्तसहित औषधिजन्य वस्तुको उत्पादन, बिक्री वितरण, दैनिक उपभोग्य वस्तुको उत्पादन र बिक्री वितरण, निर्माणजन्य सामग्रीको ढुवानी, बैङ्किङ सेवा सञ्चालन, कृषिजन्य वस्तु उत्पादन र विक्रिवितरण गर्न पाउने निर्णय गरेको छ। सम्बन्धित स्थानीय तहमा गठन भएको समितिबाट अनुमति लिएर कृषि तथा पशुपक्षी सम्बन्धी, खाद्यवस्तु र अन्य बाली लगाउने भित्र्याउने काम गर्न पाउने निर्णय गरेको छ।

यसै गरी फलफूल र दुग्ध जन्य वस्तुको उत्पादन र बिक्री वितरण गर्न पाउने, स्वास्थ्य सेवाका क्षेत्रहरू, भेटेनरी सञ्चालन, र पाठ्यपुस्तक बिक्री वितरण गर्ने पसल तथा ढुवानी गर्ने सवारीहरू जनक शिक्षा सामग्रीबाट अनुमति लिएर गर्न पाउने निर्णय सरकारले गरेको हो। उद्योग प्रतिष्ठान, विकास निर्माणका लागि आवश्यक सामग्री ढुवानी गर्न पाउने निर्णय पनि सरकारले गरेको छ।

त्यस्तै राष्ट्रिय गौरवका आयोजनाहरू सञ्चालन गर्ने, जलविद्युत, खानेपानी, विमानस्थल निर्माणका काम सुचारु गर्न दिने निर्णय पनि सरकारले गरेको छ। त्यसका लागि सम्बन्धित निर्माण कम्पनीले दैनिक रूपमा श्रमिकरतको स्वास्थ्य परीक्षण गर्नुपर्ने, एकै ठाउँमा बास बस्ने व्यवस्था मिलाउने सर्त राखेको छ।

यस्तै गिट्टी बालुवा उत्पादन गर्न पाइने निर्णय पनि सरकारले गरेको छ। बैङ्क तथा वित्तीय संस्थाहरूले बढीमा एक तिहाइ कर्मचारीबाट सेवा प्रदान गर्न सक्ने निर्णय पनि सरकारले गरेको छ। सार्वजनिक सेवाका क्षेत्रहरूमा एक चौथाइ सवारीलाई मात्र पास उपलब्ध गराउने, सञ्चालनमा आउने विभिन्न उद्योग प्रतिष्ठानहरुले श्रमिकलाई छुट्टै स्थानमा बस्ने व्यवस्था मिलाएर काम गर्ने, स्थानीयसँग सम्पर्क नहुने गरी खाजाको व्यवस्था गर्ने र त्यसको खर्च उद्योगहरूले व्यहोर्ने र कार्यस्थललाई नियमित स्यानिटाइजेसन गरी काम सुचारु गर्न दिने निर्णय पनि सरकारले गरेको छ। यस्तै इन्टरनेट, वर्कसप लगायतका क्षेत्रहरूमा बढीमा ५ जना कामदार रहने गरी सञ्चालन गर्न पाउने निर्णय पनि सरकारले गरेको छ।

शैक्षिक संस्थाहरू, गैर खाद्यवस्तु बिक्री गर्ने व्यावसायिक मल, सिनेमा घर, धार्मिक स्थल, होटेल बार तथा रेस्टुरेन्ट, सैलुन लगायत अन्य मान्छेहरूको बढी भिड हुने क्षेत्रहरू अर्को सूचना जारी नभएका सम्मका लागि बन्द नै राख्ने निर्णय पनि गरेको छ।