२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरा औद्योगिक क्षेत्रका ३६ उद्योग सञ्चालन

अ+ अ-

चिप्लेढुङ्गा । सरकारले बन्दाबन्दीको समयमा उद्योग कलकारखानालाई वर्गीकरण गरेर खोल्ने अनुमति दिएपछि पोखरा औद्योगिक क्षेत्रका ३६ उद्योग सञ्चालनमा आएका छन् । पोखरा औद्योगिक क्षेत्रमा रहेका ७७ उद्योगमध्ये हाल ३६ उद्योग सञ्चालनमा आएको पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रबन्धक भूषणकुमार उपाध्यायले जानकारी दिए ।

‘सरकारले औद्योगिक क्षेत्रका सबै उद्योग सञ्चालनका लागि अनुमति दिए पनि स्वास्थ्य सुरक्षा एवं अधिकांश कामदार घर गएकाले पूरै उद्योग सञ्चालनमा आउन सकेका छैनन्’, उनले भने, ‘उद्योग खोल्न भने पनि सहज वातावरण छैन, कतिपय कच्चा पदार्थ भारतलगायतका स्थानबाट ल्याउनुपर्छ, भैरहवाबाट पोखरा आउन दुई–तीन दिन लाग्ने गरेको छ । बीचबीचमा रोकिन्छ तर सुरक्षा सतर्कताका लागि भरपर्दो जाँच हुनसकेको छैन, मजदुर पनि ढुक्कले काममा आउन सकेका छैनन्, उद्योग सञ्चालकहरुमा पनि एक प्रकारको त्रास छ ।’ उनले औद्योगिक क्षेत्रमा करिब दुई हजार ५०० देखि तीन हजारसम्म मजदुर कार्यरत रहे पनि अहिले झण्डै एक हजार १०० कामदार मात्रै काममा फर्केको बताए ।

सञ्चालनमा आएका उद्योगमा अहिले पानी, बिस्कुट, मसला, अक्सिजन, दूधडेरी, मेटल उद्योग सञ्चालमा रहेको र चाउचाउ, ह्याण्डवास, प्याकेजिङ, मेटल फ्रेविकेशनलगायतका उद्योग छन् । उपाध्यायले औद्योगिक क्षेत्रको गेटमा कार्यरत मजदुरको स्वास्थ्य सतर्कताका लागि ‘हेल्थ डेस्क’ आवश्यक रहेकोबारे पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराए पनि पहल नभएको गुनासो गरे। उनले भने, ‘अहिलेको अवस्था जटिल छ, प्रवेशद्धारमा एउटा हेल्थ डेस्क राख्दा राम्रो हुने थियो, तर सुनुवाइ भएन ।’

गोशेली प्रिन्टप्याकका प्रबन्धक विकास नकर्मीले सामान उत्पादन भए पनि निर्यातका लागि ढुवानीको समस्या भएको बताए । ‘उद्योगमा ७० भन्दा बढी कामदार छन्, अहिले ४० मात्र आएका छन् । उत्पादन भएको सामग्री पनि निर्यातका लागि ढुवानी समस्या भएको छ ।’नकर्मीले कार्टुन र ट्वाइलेट पेपर उत्पादन हुने र काठमाडौँलगायत देशका विभिन्न स्थानमा निर्यात हुने जानकारी दिए ।

ताजा फुड्स प्रालिका सञ्चालक विनोद शर्मा न्यौपानेले अहिले ३० प्रतिशत मात्र उत्पादन गरेको जानकारी दिए । उनले भने, ‘अहिले धेरै खपत हुने स्कूल, क्याम्पसलगयतका स्थान बन्द छन् । अधिकांश घरमा भएकाले पनि पाउरोटी, कुकिज, पपको माग कम छ । कामदार पनि आ–आफ्नो घर गएकाले अहिले सीमित कामदारबाट मात्रै उत्पादन र बिक्री वितरण गरेका छौँ ।’ न्यौपानेले ३० कामदारमा अहिले १५ जनामात्रै रहेको जानकारी दिनुभयो । केही दिनयता १० बजेपछि पनि बिक्री वितरण गर्न पाएपछि सहज भएको उनको भनाइ थियो ।