९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झुलाघाटमा ‘बिओपी’ स्थापना

अ+ अ-

बैतडी । नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटमा पहिलोपटक सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना भएको छ । सुदूरपश्चिम सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशङ्कर बुढाथाकीले सो बिओपीको आज उद्घाटन गर्दै यसबाट सीमा निगरानी हुने बताए ।

सीमा निगरानी, राजश्व सङ्कलनमा वृद्धि तथा सबैखाले सीमा आपराधिक क्रियाकलाप नियन्त्रण हुने विश्वास गरिएको छ । सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा बिओपी बस्ने भए पनि हाल सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वमा टोली बसेको छ ।

आफ्नो भवन नहुँदा बिओपी अहिले घर भाडामा लिएर बसेको सशस्त्र प्रहरीको नम्बर ५१ गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले जानकारी दिए । हाललाई भाडाको घरमा बस्ने भए पनि जग्गा प्राप्तिको प्रक्रियामा रहेकाले निकट भविष्यमै आफ्नो भवनमा बस्ने जनाइएको छ ।

बैतडीका पञ्चेश्वर गाउँपालिकाको रोलघाटमा बिओपी स्थापना हुने भनिए पनि उक्त क्षेत्रमा हाल पोष्ट खडा गरिएको छ । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको सुरक्षार्थ स्थापना गरिएको पोेष्टलाई नै निकट भविष्यमा त्यसलाई नै बिओपीमा रुपान्तरण गरिने जनाइएको छ । पञ्चेश्वरमा पनि जग्गा प्राप्तिको प्रक्रियामा रहेको सशस्त्र प्रहरीको नं ५१ गुल्म बैतडीले जनाएको छ । बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली रहने जनाइएको छ ।

अब सीमा सुरक्षाका लागि सजिलो हुने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए। बैतडीमा भारतसँग सीमा जोडिएको ६१ किलोमिटर क्षेत्र रहेको छ । सरकारले सशस्त्र प्रहरी बललाई देशभरिका भारतसँग सीमा जोडिएका क्षेत्रमा खटाइसकेको छ । सीमा परिचालन गरिएका सशस्त्र प्रहरीलाई स्थायीरूपमा बिओपी स्थापना गरी परिचालन गर्न लागेको हो । हाल सीमामा देशभरि १२१ बिओपी रहेका छन् भने सरकारले भारतसँग सीमा जोडिएका क्षेत्रमा ५०० पुर्‍याउने तयारी गरेको जनाइएको छ ।

नेपालतर्फको सीमानाकामा भारतको ५३० बिओपी रहेको बताइएको छ । नेपाल सरकारले पनि सोही अनुपातमा बिओपी थप्ने तयारी गरेको हो । कोरोनाको जोखिम हुन नदिन सीमा सिलपछि विस्तार गरिएका अस्थायी पोष्टलाई बिओपीमा रुपान्तरण गर्ने सरकारी तयारी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस