२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टोलटोलमा शिक्षक

अ+ अ-

बलेवा । बागलुङको एक विद्यालयले बारअनुसारको टोल छुट्याएर शिक्षक परिचालन गरेको छ । बन्दाबन्दीको अवस्थामा विद्यालय बन्द रहेपछि विद्यार्थीलाई पठनपाठन प्रक्रियामा सहभागी बनाउन बागलुङ नगरपालिका वडा नं १४ नारायणस्थानमा रहेको जनता–धन माविले शिक्षक परिचालन गर्न लागेको हो ।

सेवा क्षेत्रभित्रका पाँच वटा टोलमा शिक्षकलाई पठाएर विद्यालयले पठनपाठनमा सहजीकरण गर्ने जनाएको छ । तत्काल शिक्षक टोलटोलमै पुग्नुबाहेक विकल्प नरहेकाले बारअनुसार टोलमा शिक्षक पुगेर विद्यार्थीलाई पठनपाठनमा आवश्यक सहयोग गर्ने निर्णय भएको विद्यालयका प्रधानाध्यापक कुमार पौडेलले बताए। विद्यालयलाई सिकाइ केन्द्र कायम गरेर शिक्षकका पाँच वटा समूह बनाएर काममा लगाइएको हो ।

विद्यार्थीलाई शिक्षक टोलमा आउने विषयमा सार्वजनिक सूचनामार्फत जानकारी गराइएको छ । सम्बन्धित टोलको जिम्मेवारी पाएका शिक्षकले कक्षा १ देखि १२ सम्मका सबै विद्यार्थी भेटेर उनीहरुलाई शैक्षिक क्रियाकलापमा सहभागी बनाइ सहयोग गर्ने वातावरण मिलाइएको उनले बताए। विद्यालयको निर्णयानुसार कैया टोलमा आइतबार, सरंगीमा सोमबार शिक्षक पुग्ने छन् । मङ्गलबार शिक्षकको संयुक्त बैठक बसेर सातामा भएका गतिविधिका विषयमा समीक्षा गर्ने विद्यालयले जनाएको छ ।

बुधबार अर्माह, लाम्पाटा, बैदारटोल, धन्सार, ठूलोखोरलगायतका टोलमा शिक्षक पुग्ने छन् भने बिहीबार गार्लुङ र शुक्रबारका लागि नमूनागाउँ, केटीचौर टोल छुट्याइएको छ । टोलमा विद्यार्थी सङ्ख्याका आधारमा शिक्षकको समूह ठूलो वा सानो बनाएर पठाउन लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव सुवेदीले जानकारी दिए।

विद्यार्थीलाई भेट्ने, उनीहरुलाई पाठ्यक्रमअनुसारका शैक्षिक सामग्री पढ्न लगाउने र गृहकार्य दिनेलगायतका काम तोकिएको छ । सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा सामग्रीसहित विद्यार्थी र शिक्षक उपस्थित हुन विद्यालयले आग्रह गरेको छ ।