११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब निःशुल्क ‘कल ट्रान्सफर’ सेवा

अ+ अ-

काठमाडौं । नेपाल टेलिकमले ‘कल ट्रान्सफर’ सेवा निःशुल्क रुपमा ग्राहकले नजीकैको कार्यालयमा गई लिन सक्ने व्यवस्था मिलाएको छ ।

सेवा प्राप्त भएपश्चात् ग्राहक स्वयंले नै चार अङ्कको लक कोड नम्बर आवश्यकताबमोजिम प्रयोग गरी सिधै ‘कल ट्रान्सफर’ अर्थात् एउटा नम्बरमा आउने कल सिधै अर्को नम्बरमा जाने व्यवस्था मिलाइएको टेलिकमका प्रवक्ता राजेश जोशीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कल गरिएको नम्बर व्यस्त भएमा, व्यस्त हुँदा तत्काल अर्को नम्बरमा र चार पटकसम्म घण्टी बज्दा पनि फोन नउठेमा सो कल अर्को नम्बरमा ‘कल ट्रान्सफर’ गर्न सकिने सुविधा आवश्यकताबमोजिम उपयोग गर्न सकिने उनले बताए ।

‘कल ट्रान्सफर’ वा अन्य प्रयोजनका लागि प्रयोग हुने लक कोड ग्राहक आफैँले परिवर्तन गर्न सक्छन् । यो सुविधा देशभरका टेलिकमका ल्यान्ड लाइन नम्बरमा उपलब्ध छ । सबै सुविधा सक्रिय र निष्क्रिय बनाउन आफ्नो एक्सचेन्जअनुरुप केही कि वर्ड डायल गर्नुपर्ने हुन्छ । जसको विवरण नजीकको दूरसञ्चार कार्यालय वा कम्पनीको वेबसाइट ‘एनटिसी डट नेट डट एनपी’ntc.net.np बाट प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।

कोरोना भाइरसको महामारीका कारण हाल विश्वभरि नै अन्तर्राष्ट्रिय तथा आन्तरिक आवतजावत सङ्कुचित हुनाका साथै व्यवसायलाई निरन्तरता दिने शैलीमा परिवर्तन आएका बेला टेलिकमको यो सेवाले ग्राहकलाई राहत दिएको छ । घरबाटै कार्यालय वा व्यावसायिक काम गर्ने शैलीलाई बिस्तारै आत्मसात् गरिँदैछ ।

यस्तो अवस्थामा सेवाग्राहीले कार्यालय/पसलमा फोन गर्दा कर्मचारीको अनुपस्थितिले फोन उठाउन र सेवा लिन वा दिनबाट वञ्चित हुनुपर्ने पनि देखिएको छ । यस्तै असामान्य परिस्थितिमा टेलिकमले उपलब्ध गराएको ‘कल ट्रान्सफर’ सुविधाले केही राहत दिनसक्छ ।

टेलिकमका तारवाला टेलिफोनमा आउने फोन अर्को मोबाइल नम्बर, सिडिएमए नम्बर वा तारवाला टेलिफोनमा ट्रान्सफर गर्न सकिन्छ । सबै आगमन कललाई सिधै वा फोन व्यस्त भएमा मात्र वा फोन नउठेको अवस्थामा नेपाल टेलिकमकै अर्को नम्बरमा ग्राहक आफैँले ‘कल ट्रान्सफर’ गर्न सकिन्छ । यो सुविधाको प्रयोगले कार्यालयमा कोही नभएका समयमा आउने टेलिफोन नछुटाई अर्को फोनमा उठाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस