२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वमा बालबालिका हेरचाहको अवस्था नाजुक रहेको युनिसेफको भनाई

अ+ अ-

संयुक्त राष्ट्रसंघ  । संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले विश्वमा बालबालिकाको हेरचाहको अवस्था नाजुक बन्दै गएको बताएको छ ।

विश्वमा जारी रहेको कोरोना भाइरसको संकटका कारण यस्तो अवस्था रहेको मंगलबार युनिसेफले जनाएको हो । बालबालिकाले प्रारम्भिक शिक्षा लिने र उनीहरुको राम्रो हेरचाह र रेखदेख गर्नुपर्ने अवस्थामा ह्रास आएको युनिसेफको भनाई छ ।

प्राप्त समाचारअनुसार संयुक्त राष्ट्रसंघले नै हालैमात्र विश्वका कम्तीमा पनि ४ करोड बालबालिकाले प्रारम्भिक शिक्षा लिने, विद्यालय जाने र खेल्ने लगायतको वातावरण नपाएको अथवा यस्ता कार्यबाट बालबालिका बञ्चित हुन पुगेका उक्त प्रतिवेदनमा जनाइएको थियो ।

कोभिड-१९ का कारण बालबालिकाले खेल्ने र विद्यालय या मन्टेश्वरी जान पनि नपाएकाले गर्दा विश्वमा बालबालिकाको हेरचाहको अवस्थामा पनि ह्रास आएको सो प्रतिवेदनमा जनाइएको थियो ।

बालबालिकाले पाउने यो सेवाका लागि बाल स्याहार केन्द्र या प्राथमिक विद्यालहरु पनि बन्द रहेकोले यस्तो अवस्था आएको युनिसेफले जनाएको हो ।

विश्वका कैयौँ देशमा फैलिएको यो महामारीका कारण लकडाउन गर्नु परेकोले उनीहरुका आमाबुबाहरु पनि समस्यामा परेका, कतिपयले आफ्नो रोजगारी पनि गुमाउनु परेकोले गर्दा पनि उनीहरुले आफ्ना नानीबाबुहरुलाई हेरचाह गर्न सक्ने अवस्था नरहेको सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।

युुनिसेफको सो प्रतिवेदनमा मध्य तथा निम्न आय भएका विश्वका ५४ देशका बालबालिका विशेषगरी यस्तो समस्यमा परेका बताइएको छ । ती देशका तीन देखि पाँच वर्षको उमेरका बालबालिका यस्तो समस्यामा परेका मंगलबार युनिसेफले सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ ।

खासगरी अफ्रिकाका ९० प्रतिशत र एसियाका ७० प्रतिशत महिलाहरु अनौपचारिक क्षेत्रको रोजगारीमा रहेका र उनीहरुले अरु देशका महिलाले भन्दा बढी आफ्ना बालबालिकाको हेरचाह गर्न नपाएका पनि सो समाचारमा जनाइएको छ ।