१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मूल्य वृद्धिले सुनचाँदीको कारोबार ठप्प

अ+ अ-

तुलसीपुर । कोरोना भाइरस सङ्क्रमणले थिलाथिला परेको बेला बढेको सुनचाँदीको मूल्यले व्यवसायी मारमा परेका छन् । चाडपर्व नजिकिए पनि सुनको मूल्य बढिरहेकाले कारोवार ठप्प हुँदा व्यवसायी मारमा परेका हुन् ।

व्यापार नहुँदा भाडा तिर्नसमेत समस्या पर्ने गरेको उहाँले बताए । ‘महान चाड नजिकिए पनि दिन प्रतिदिन सुनको मूल्य वृद्धि हुँदा व्यापार दैनिक १० प्रतिशत मात्रै हुन्छ’ सुनचाँदी व्यवसायी सङ्घ प्रदेश–५ का कोषाध्यक्ष लोकबहादुर स्वर्णकारले भने ‘व्यापार व्यवसाय प्रायः ठप्प रहेको छ ।’

दशैँ तिहारभन्दा पनि तिजमा सुनको व्यापार धेरै हुने भए पनि यस वर्ष कोरोनाको त्रास र मूल्य वृद्धिले गर्दा व्यापार नहुने उनको भनाइ छ । सुनचाँदी व्यवसायी सङ्घ तुलसीपुरका अध्यक्ष मदन केसीका अनुसार विगत वर्षमा भन्दा यस वर्ष सुन व्यापार निकै न्यून हुने गरेको छ ।

पहिले दैनिक ५०/६० जना ग्राहक आउने गरेको भए पनि अहिले दैनिक १०/१५ जना मात्रै आउने गरेको उनको भनाइ छ । विगतका वर्षमा तीजको समयमा सुनको अभाव हुने गरेको भए पनि यस वर्ष भने नबिकेर बजारमा प्रशस्त सुन रहेको उनले बताए । उनका अनुसार पहिले दैनिक २५/३० तोला सम्म कारोवार हुने गरेको भए पनि अहिले भने दैनिक चार/पाँच तोला मात्रै धौधौ कारोवार हुने गरेको छ ।

मूल्य बढेका कारण खरिद गर्नेभन्दा पनि साटफेर गर्ने, बेच्ने तथा मूल्य सोध्ने धेरै आउने गरेको भन्दै निजी बैंकमा राखिएका सुन खरिद गर्ने व्यापारी नहुँदा अहिले बैंक नै घाटामा जाने अवस्था आएको सङ्घका प्रदेश कोषाध्यक्ष स्वर्णकारले बताए । कोरोना त्रास बढिरहेमा किन्ने भन्दा बेच्नेको सङ्ख्या अझै बढ्न सक्ने आँकलन गरिएको छ ।

कारोबार ठप्प हुँदा घर भाडामा लिएर व्यवसाय गर्नेलाई भाडा तिर्नसमेत समस्या हुने गरेको छ । पहिलेको सुन स्टक राखेकालाई भने मूल्यवृद्धिले त्यस्तो प्रभाव नपार्ने उनको भनाइ छ । सुनचाँदीको व्यवसायमा धेरै लगानी हुने गरेकाले अहिलेको अवस्थामा व्यवसायी विस्थापित हुने खतरा बढेको सुनचाँदी व्यवसायी कुलदिप कौशलले बताए ।

अहिले सुन खरिदका लागि काठमाडौँ नै जानुपर्ने अवस्था रहेको भन्दै अब स्थानीय बैंकबाटै नै सुन खरिद गर्ने वातावरण मिलाएमा व्यवसायीलाई सहज हुने समेत उनको भनाइ छ । कोरोनाकै कारणले यसवर्ष अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएपछि यस्तो समस्या निम्तिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस